OnlinePana

अनलाइन संवाददातापौष २७, २०७३

accident-onlinepanaमहोत्तरी जिल्लाको जलेश्वर मटिहानी सडकखण्डअन्तर्गत बहुअर्वा चोकमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा कार्यरत स्थानीय मनराकट्टी गाविस–१ निवासी वरिष्ठ हवल्दार २२ वर्षीय अमितकुमार सिंह रहेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठले जानकारी दिए ।

गएराति ज. २ प ३४६७ नम्बरको मोटरसाइकलमा जलेश्वरस्थित आफ्नो घर जाँदै गरेको वरिष्ठ हवल्दार सिंह जिल्लाको सिमरदही गाविस–९ स्थित बहुअर्वा चोकमा दुर्घटनामा परेका थिए । घाइते हवल्दार सिंहको जलेश्वर जिल्ला अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको थियो ।

९७ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...