OnlinePana

अनलाइन संवाददातापौष २७, २०७३

city

म्यानचेस्टर युनाइटेड इएफएल कप (लिग कप) फुटबलको फाइनल नजिक पुगेको छ । मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले हल सिटीलाई २–० ले हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो ।

तर दोस्रो हाफमा आन माटा र मारोउएन फेलाइनीले गोल गरे । माटाले ५६ औं मिनेटमा तथा फेलाइनीले ८७ औं मिनेटमा गोल गरेका हुन् । पहिलो हाफमा माटाले गरेको प्रहार हल सिटीका गोल रक्षक एल्डिन ज्याकुपोविकले रोके भने पउल पोग्बाको प्रहार पोस्ट भन्दा माथिबाट गयो ।

६१ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad