OnlinePana

यूनिक विफा घिसिङ,दोरम्बापौष २७, २०७३

रामेछाप जिल्लाको दोरम्बा गाविसलाई मंगलबार एक कार्यक्रमका बिच खुल्ला दिशा मुक्त गाविस घोषणा गरिएको छ । गाविस स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा दोरम्बालाई खुल्ला दिशा मुक्त गाविस घोषणा गरिएको हो ।

गाविस सचिव रामहरी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एव जिल्ला खानेपानी तथा सरसफाई डिभिजन प्रमुख लोक बहादुर चौलागाईले दोरम्बालाई खुल्ला दिशा मुक्त गाविस घोषणा गर्दै दोरम्बाले नयाँ फड्को मारेको बताउनु भयो ।

उहाँले सरकारको अभियानलाई सवैले साथ दिएकोले सफल भएको जिकिर गर्नु भयो । जिल्ला खानेपानी डिभिजन कार्यालय , सबल परियोजना , आर आर एन , पहाडि समाज कल्याण केन्द्र दोरम्बा , वृहत खानेपानी उपभोक्ता समिति र गाविसको कार्यालयको पहलमा दोरम्बा गाविस भर ४ सय ५१ घरमा शौचालय निर्माण गरिएको छ।

कार्यक्रममा पुर्ननिर्माण प्राधिकरण प्रमुख ऋषि राज आचार्य , जिल्ला विकास समितिका योजना अधिकृत गोबिन्द कट्टेल , खानेपानी उपभोक्ता महासंघका जिल्ला अध्यक्ष लेख बहादुर कार्की ,गैर सरकारी संस्था महासंघका सचिव रोशन पाख्रिन, पहाडी समाज कल्याण केन्द्रका रत्न कडेल, पत्रकार महासंघका उपाध्यक्ष युनिक विफा घिसिङ , स्थानिय राजनितिक दलका प्रतिनिधिहरु नेपाली कांग्रेसका केशव कुमार लामा , एमालेका दावा लामा , माओवादी केन्द्रका यम मोक्तान र संंघिय समाजवादी फोरम नेपालका सिंह बहादुर लामा लगाएतले खुल्ला दिशा मुक्त गाविसको महत्व बारेमा बोलेका थिए ।

कार्यक्रमको अवसरमा गाविसमा क्रियाशिल १० जना स्वयमसेविका , ९ जना वडा संयोजक , १४ जना समाजिक अभियानकर्ता , र ८ वटा संघ संस्थालाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । अब दोरम्बा खुल्ला दिशा मुक्त, पुर्ण खोपयुक्त र पुर्ण साक्षरता गाविस भएको छ ।

२९७ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...