OnlinePana

अनलाइन संवाददातापौष २७, २०७३काठमाडौं
१८६ पटक

donationकमला, वागमती र लालबकैया नदीमा तटबन्ध निर्माणका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ करोड ९६ लाख ३० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

सिँचाई मन्त्रालयमा आज एक कार्यक्रमको आयोजना गरी सिँचाईमन्त्री दीपक गिरीलाई उक्त रकमको चेक नेपालका लागि भारतीय राजदूत रञ्जित रेले हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा मन्त्री गिरीले नेपाल–भारत सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नदी व्यवस्थापनमा भारतबाट प्राप्त सहयोगको सराहनासमेत गरे ।

राजदूत रायले नेपालको विकास प्रयास र दैवीप्रकोप नियन्त्रणमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...