OnlinePana

अनलाइन संवाददातापौष २७, २०७३

शवयात्रा अर्थात शोकको माहोल । शवयात्रामा मानिसहरु रमाइलो गर्दैनन् । शव यात्रामा मृतक व्यक्तिलाई श्रद्धाञ्जली अर्पण गरिन्छ भने मृतकका परिवारलाई समवेदना प्रकट गरिन्छ ।

तर, ताइवानका एक राजनीतिज्ञको शवयात्राको दृश्य भने अत्यन्तै पृथक थियो । शवयात्रामा देखिएका दृश्य हाम्रो समाजले कल्पना पनि गर्न सक्दैन ।

ताइवानको चियायी प्रान्तका दिवंगत राजनीतिज्ञ तुङ सियाङको शवयात्राको दृश्य हो यो । ७६ वर्षको उमेरमा सियाङको मृत्यु भएको थियो ।

उनी चियायी काउन्टीको स्थानीय सरकारको परिषद सदस्य तथा प्रवक्ता समेत थिए । उनको शवयात्राका क्रममा छोटा छोटा कपडा लगाएका ५० जना पोल डान्सरहरु गाडीको छतमा बसेका थिए ।

उनीहरुले गाडीको छतमै बसेर यस्तो कामुक दृश्य देखाए कि शवयात्रामा सहभागीहरुले आफूहरु शवयात्रामा छौं कि कुनै विजय यात्रामा भन्ने भेउ नै पाउन सकेनन् ।

ती सुन्दरीले ‘सेक इट फर मि’ बोलको पपगीतमा कम्मर मर्काएका थिए । ती सुन्दरीहरुलाई हेर्ने र तस्बिर खिच्नेहरुको भिड नै लागेको थियो ।

गाडीको लस्कर पछिपछि मलामीहरु हिँडेका थिए । दुई घन्टा लामो शवयात्राका क्रममा चियायी शहरमा सवारी आवागमन पूर्णतः ठप्प भएको थियो ।

अर्को अचम्मको कुरा, पोल डान्सरको नृत्य देखाउने व्यवस्था उनकै छोराले मिलाएका थिए । आफ्नो बुवाको रसिक स्वभाव र रुची अनुसार यस्तो तारतम्य मिलाएको उनको भनाइ छ । राजधानी दैनिकबाट

२६९ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...