OnlinePana

अनलाइन संवाददातापौष २७, २०७३

तपाइँलाई थाहै होला, पुरुषका तुलनामा महिलाहरु बढी रुन्छन । सानोतिनो कुरामा पनि महिलाहरु आखाबाट आँसु खसाली हाल्छन ।

किन होला ?

केटीहरु दुखि हुँदा मात्र होइन खुसी हुँदा पनि चाडै आँसु खसाल्छन् । तर केटीहरु किन यति सहजै आँसु खसाउँछन् भन्ने विषयले बैज्ञानिकहरुलाइ समेत टाउको दुखाएको छ ।

द टेलीग्राफका अनुसार महिला पुरुषको तुलनामा बढी रुन्छन् । महिलाको आंसुसँग सम्बन्धित ग्ल्याण्ड पुरुषको तुलनामा बढी सक्रिय हुन्छ । यिनको बनावट पनि अलग अलग हुन्छ ।

यसैकारणले महिलाको आँखामा आँसु बढी आउँछ । शोधकर्ताहरुका अनुसार महिलाको आंखामा आंसू एक महिनामा करीब ५.३ पटक आउँछ जबकि पुरुषको आँखामा १.४ पटक मात्र आउँछ ।

एक पटकमा महिला ६ मिनेट सम्म रुन्छन् । तर पुरुषको रुने अवधी सामान्यतया २ देखि ४ मिनेटको मात्र हुन्छ ।रुँदा आँखाबाट आँसुमात्र होइन नाकबाट सिगान पनि आँउछ । रुदा आँसु हाम्रो श्वास नलिमा प्रवेश गर्ने भएकाले यसो हुने जनाएको छ ।

३३९ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...