OnlinePana

अनलाइन संवाददातापौष २८, २०७३काठमाडौं
२४६ पटक

arest

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अवैध सुन तस्करीमा संलग्न रहेको आरोपमा भन्सारका दुई अधिकृतलाई पक्राउ गरेको छ । सीआईबीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका भन्सार अधिकृतहरु श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाल पक्राउ गरेको हो ।

दुबईबाट ल्याइएको ३४ किलो अवैध सुन त्रिभुवन बिमानस्थलको भन्सारबाट पास भएको थियो । गत बिहीबार नै सीआईबीको टोलीले सुनसहित तीन जना भरियालाई पक्राउ गरिसकेको छ । सुनको असली मालिकको खोजीलाई तिव्रता दिइरहेको सीआईबीले आज दुई जना भन्सार अधिकृतहरुलाई उनीहरुकै घरबाट पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...