OnlinePana

अनलाइन संवाददातापौष २८, २०७३काठमाडौं
११२ पटक

a-deal-for-donald-trump-onlinepana

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी जासूसी संस्थाहरुविरुद्ध आक्रोशि पोखेका छन् ।रुससँग आफ्ना विरुद्ध निकै गोप्य र खतरनाक प्रमाणहरु रहेको भन्ने सूचना सार्वजनिक गराइएको भन्दै उनले आफ्नै देशका जासूसी संस्थाहरुविरुद्ध आक्रोश व्यक्त गरेका हुन् ।

रुससँग ट्रम्पको विरुद्धमा आपत्तिजनक जानकारी भएको भन्ने जस्ता सूचना चुहाउन पनि जासूसी निकायहरुकै हात रहेको हारोप उनले लगाए ।राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले ती कागजातहरु पूरै झूठो रहेको जिकीर गरे ।

ट्रम्प वेश्याहरुसँग रहेको अवस्थाको भिडीयो र अरु कारोबार बारेका गोप्य जानकारी रुससँग रहेको खबर बाहिर आएपछि ट्रम्पले पत्रकार सम्मेलन गर्दै ती सबै झूठा रहेको जिकीर गरेका हुन् ।जासूसी संस्थाहरुबाटै यस्ता झूठपूर्ण प्रचार गरिनु शर्मनाक भएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...