OnlinePana

अनलाइन संवाददातापौष २८, २०७३काठमाडौं
१५१ पटक

barsilona

स्पेनिस किङ्स कप फुटबलमा एथ्लेटिक बिल्बाओलाई हराउँदै बार्सिलोना क्वाटरफाईनलमा पुगेको छ ।गएराती भएको प्रि क्वाटरफाईनल दोस्रो लेगको खेलमा बार्साले बिल्बाओलाई ३९१ ले पराजित गरेको थियो ।

यसअघि पहिलो लेगको खेलमा २–१ ले पराजित वार्सिलोना रातीको जितपछि समग्रमा भने ४–३ ले विजयी भएको हो ।रातीको खेलमा वार्सीलोनालाई विजयी गराउन लियोनल मेसी, नेईमार र लुईस सुवारेजले एक एक गोल गरेका थिए ।

गएरातिको गोल सहित सुवारेजले वार्सीलोनाका लागि एक सय गोल पुरा गरेका छन् ।किङ्स कप फुटबल अन्तर्गत गएराती सम्पन्न अन्य खेलहरुमा डेपोर्टीभो लाकोरुनालाई हराँउदै आलाभेज, भियारीयाललाई हराँउदै रियाल सोसीडाड र कोर्डोबालाई हराँउदै अल्कोर्सन पनि क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...