OnlinePana

अनलाइन संवाददातापौष २८, २०७३

face clean

हामी बिहान उठेपछी सबै भन्दा पहिला मुख धुँने गदर्छौ। स्वास्थ्य तथा सरसफाइका लागि पनि हामीले दैनिक रुपमा मुख धुने काम गर्नैपर्छ । मुख धुँदा हामी कसैले पनि धेरै कुराहरु याद नै गरिरहेका हुँदैनौ । जसको परिणाम स्वरुप विभिन्न स्वास्थ्य सम्बन्धी असर गरिरहेको हुन्छ ।

मुख धुँदा ध्यान दिनुपर्ने कुराहरु

१. ध्यान दिनुस् जब अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

२.अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको त्वचामा असर गर्छ ।

३. अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस् । अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।

४. अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस् ।

५. फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म नरगड्नुस् ।

६. अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस् ।

७. अनुहार सफा गर्दा हतार नगर्नुस् । सँधै राम्रोसँग अनुहार सफा गर्नुहोस् ।

८.अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस् ।

९. अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नुस् ।

१०. अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस् ।

१३० पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad