OnlinePana

अनलाइन संवाददातापौष २८, २०७३काठमाडौं
११९ पटक

bharu-note

भारत सरकारले २ हजारको नोट ल्याएसगैँ नेपालले भारु २ हजारको नोटको बैधानिक कारोबारका लागि प्रस्ताव अघि सारेको छ ।भारत सरकारले ५ सय र एक हजारको पुरानो नोटमा प्रतिवन्ध लगाएर २ हजारको नोट ल्याएको छ । उक्त नोटको कारोबार अहिलेसम्म बैध नभएको जनाएको छ । भारतले आफ्नो फरेन एक्चेन्ज म्यानेजमेन्ट एक्ट अन्तरगत फेमा नोटिफिकेसन जारी गरेपछि मात्र कारोबार बैध हुन्छ ।

 

भारु ५ सय र १ हजारको पुरानो नोट सटहीबारे छलफल गर्न नेपाल राष्ट्र बैंकको टोली भारतमै छ । यो टोलीले भारतीय केन्द्रीय बैंकसँगको छलफलमा पुरानो नोट सटहीका साथै २ हजारको नयाँ नोट नेपालमा चलाउने विषय उठाउनेछ । साथै परराष्ट्रमन्त्री प्रकाशशरण महत पनि अर्को साता भारत भ्रमणमा जाँदैछन् । उनले भारतीय अधिकारीहरुसँगको भेटमा भारु २ हजारको नोट नेपालमा चलाउने विषय उठाउने भारतीय पत्रिका दि इकोनोमिक्स टाइम्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...