OnlinePana

अनलाइन संवाददातापौष २८, २०७३

janardan-sharma-onlinepanaसंविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न प्रमुख विपक्षी दल नेकपा एमालेसँग सहमति भइसकेको ऊर्जामन्त्री जनार्दश शर्माले बताएका छन् ।

प्रेस सेन्टर नेपालद्वारा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले गणतन्त्र, सङ्घीयता र प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रमुख दलहरू एक हुनुपर्ने धारणा व्यक्त गर्दै उनले भने रोल्पा र रुकुमका जनताको मागअनुसार नै प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला अलग्याएको बताउँदै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरी दिने आश्वासन दिए ।

मन्त्री शर्माले मुलुकभर नै विद्युतभार कटौती अन्त्य गर्ने गरी ऊर्जा मन्त्रालय प्रतिबद्ध भएर लागि परेको उल्लेख गर्दै अहिले काठमाडौंसहितका शहरमा विद्युतभार कटौती मुक्त भएको बताए । उनले अर्घाखाँची जिल्लाको सीमानामा रहेको नौमुरे परियोजना छिट्टै सञ्चालन हुने गरी काम भइरहेको, पश्चिमको सेती, नरसिङघाट, सल्यानमा भएको शारदा, उत्तरगङ्गा, अरुण तमोर, बुढीगण्डकीलगायतका परियोजनालाई अगाडि बढाउने गरी काम भइरहेकोसमेत जानकारी गराएका छन् ।

१२९ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...