OnlinePana

अनलाइन संवाददातापौष २८, २०७३

ऊ आफूलाई ‘बिजिनेसम्यान’ ठान्थ्यो। आफूले ‘ड्रग्स ट्राफिकिङ बिजनेस’ गरेको स्वीकार गथ्र्यो। तर, हत्या गरेको अस्वीकार गथ्र्यो।उसको हाउभाउबाट भने महिलाप्रति उसको आसक्ति छ भन्ने देखिन्थ्यो।

मलाई ऊ बिकिनी किलर नै हो भन्ने लाग्छ। तर, कुनै योजना बनाएर नभई उत्तेजनामा आएर मारेकोजस्तो लाग्छ।मेरो विचारमा उसलाई हिस्टेरिया थियो। महिलालाई बिकिनीमा देखेपछि मारूँमारूँ लाग्ने मनोरोग थियो कि जस्तो लाग्छ। अश्लील पत्रिका खुवै पढ्थ्यो।

खासगरी अंग्रेजी, फ्रेन्च र स्पेनिस भाषाका अश्लील पत्रिका पढ्थ्यो। उसको कोठामा यस्ता पत्रिका धेरै हुन्थे। तर, कसरी आउँथ्यो मैले थाहा पाइनँ। ऊ हस्तमैथुन पनि धेरै गर्छ भनेर गोलघरमा बस्ने अरूले सुनाउँथे।

निहिता मेरी अन्तिम श्रीमती भन्थ्यो। वास्तवमा उसको दिमाग निकै तेज थियो। उसले जेलबाट छुट्न निहितालाई प्रयोग गर्न खोजेजस्तो लाग्छ। उनलाई वकिल बनाएर मेरो मुद्दा जेनेभा पु-याउँछु भन्थ्यो। निहिता आइरहन्थी। कतिपटक मसँग पनि भेट भएको हो।

आमासँगै आउँथी। ‘माई डियर’ भन्थी। निकै परिपक्व कुरा गर्थी। शोभराजले प्रायः निहिताको हातमा किस गथ्र्यो। दुवैजना निकै माया छ भन्ने देखाउँथे। @ गज्जब साप्ताहिक

६९२ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad