OnlinePana

अनलाइन संवाददातापौष २८, २०७३काठमाडौं
२४८ पटक

fifa-logo11441346186235फिफा वरियता क्रममा नेपाल छ स्थानले माथी उक्लिन सफल भएको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले जनवरी महिनाका लागि आज जारी गरेको वरियतामा नेपालले आफ्नो वरियतामा सुधार गर्दै एक सय ७५ स्थानमा पुगेको छ ।

यसअघिको एक सय ८१ औँ स्थानमा रहेको थियो भने यसअघि वरियतामा भुटानभन्दा तल रहेको नेपालले दक्षिण एशियाली क्षेत्रमा पनि सुधार गरेको छ ।

दक्षिण एशियामा पहिलो स्थानमा रहँदै भारतले पाँच स्थान फड्को मार्दै एक सय २९ मा पुगेको छ । त्यस्तै माल्दिभ्स एक सय ४५, अफगानिस्थान एक सय ५१, भुटान एक सय ७६, बंगलादेश एक सय ९०, श्रीलंका एक सय ९६ र पाकिस्तान एक सय ९७ स्थानमा रहेको छ ।

शीर्ष एक देखि ३४ सम्म कुनै पनि मुलुक परिवर्तन भएका छैनन् । अर्जेन्टिना फिफा वरियताको शीर्ष स्थानमा रहेको छ भने ब्राजिल दोश्रो र तेश्रो स्थानमा विश्वकप बिजेता जर्मनी परेको छ ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...