OnlinePana

अनलाइन संवाददातापौष २८, २०७३काठमाडौं
१४१ पटक

नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आई रहेका छौ ।

आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो हो कार्यक्रम “साझा भिजन” ।

यस कार्यक्रम मार्फत कुनै पनि क्षेत्रमा आबद्ध विभिन्न तह र तप्काको ब्यक्तिहरु सँग कुनै पनि बिधामा व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी गर्ने गर्दछौ । उहाँहरुले समाजमा परिबर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछ ।

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ, आफ्नो सिङगो जीवनलाई राजनीतिमा सर्मपित गर्नुभएको व्यक्तित्व हुनुहुन्छ देवेन्द्र पौडेल । विभिन्न आरोह, अवरोह, काल र घुम्तिहरुको मोडबाट राजनीतिक जीवनको शुभारम्भ गर्नुभएको उहाँ बाग्लुङमा जन्मिनु भएको हो ।

स्कुले जीवनदेखि नै राजनीतिमा सक्रिय रुपले लाग्नु भएको उहाँ माओवादी कालमा भुमिगत भएर लाग्नु भएको थियो भने तत्कालिन माओवादीको नेतृत्वदायि भुमिकामा रहनुभएको थियो ।

हाल पुरानो राजनीतिक सिद्धान्त, विचारले समाज रुपान्तरण हुन नसक्ने निष्कर्षका साथ नयाँ शक्ति पार्टी खोलेर सक्रिय रुपमा लाग्नु भएको उहाँ हाल नयाँ शक्ति पार्टी नेपालको संगठन विभाग प्रमुख हुनुहुन्छ ।

आउनुहोस अब बाकि शब्दहरु सागर श्रेष्ठ र अतिथिसँगको भलाकुसारीमा बिस्तृतमा भिडियोमा हेर्नुहोस र सुन्नुहोस ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...