Logo

सुरक्षा/अपराध

हेटौंडाबाट दीपक मनाङ्गेकी श्रीमती दिक्षेन डोल्मा लामा पक्राउ



गुण्डा नाइके भनेर चिनिने गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङ्गेकी श्रीमती दिक्षेन डोल्मा लामा पक्राउ परेकी छिन्। लामालाई मंगलबार कास्की प्रहरीको आग्रहमा मकवानपुरको पोखरीयाबाट प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले सांसद राजीव गुरुङ (दिपक मनाङ्गे)की ३४ वर्षीया श्रीमती दिक्छेन लामालाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।

उनलाई बुधबार कास्की पुर्‍याइएको प्रहरीले जनाएको छ। लामाविरुद्ध कास्की जिल्ला अदालतमा डाँका मुद्दा दायर भएको छ। जिल्ला अदालत कास्कीको पक्राउ पूर्जी अनुसार दिक्छेनलाई हेटौंडाबाट पक्राउ गरी पोखरा (कास्की) पठाइएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकी दिक्छेनले बुहुमूल्य धातुबाट बनेको मुर्तिलगायत अन्य बहुमूल्य सामान चोरी गरेको आरोपमा जिल्ला अदालत कास्कीमा डाँकाचोरी सम्बन्धी मुद्दा दर्ता भएको छ ।

दिक्छेन हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ पदमपोखरीस्थित माइतीमा बस्दै आएकी थिइन् । २५ वर्षकी उनका १० वर्षका छोरा छन्।

प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार  ९ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।