Logo

राजनीति

ओलीको अध्यादेश ल्याउने प्रस्ताव शितल निवासद्वारा अस्वीकार



 राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको मध्यावधी निर्वाचन र दल फुटाउन सहज बनाउने अध्यादेश जारी गरेर सहयोग गर्न गरेको प्रस्ताव अस्वीकार गरेकी छन् । अध्यादेशका विषयमा ओली र भण्डारीबीचको सम्बन्धमा खटपट आएको छ ।

सधै ओलीले जे भन्यो त्यही मान्ने राष्ट्रपति भण्डारीले यो विषयमा सहमति जनाउन आनाकानी गरेपछि ओली अफ्ठेरोमा परेको स्रोतहरु बताउँछन् । आफू अफ्ठेरोमा परेको भन्दै ओलीले मध्यावधी निर्वाचन घोषणाका लागि सहयोग गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

तर, उनले सधै आफूलाई गुटको बन्ने गरेको आरोप लागेकोले यसमा सहयोग गर्न नसक्ने बताएकी थिइन । उनले मनपरीतन्त्रलाई मलजल गरेको आरोप लाग्ने भन्दै मिलेर अगाडि बढ्न ओलीलाई सुझाएको स्रोतहरु बताउँछन् । 

ओलीले सचिवालय बैठकमा कुरा नमिले आफूले मध्यावधी निर्वाचनको प्रस्ताव ल्याउने र सहयोग गर्नु पर्ने राष्ट्रपतिसमक्ष बताएका थिए । आफ्नो प्रस्तावमा राष्ट्रपति सकारात्मक नपाएपछि ओलीले सचिवालयमा प्रचण्डले लगाएको आरोपको खण्डनसहितको प्रतिवेदन पेस गर्ने तयारी गरेका छन् ।

ओलीले अझै अन्तिम अस्त्रका रुपमा दल विभाजन सम्बन्धी र मध्यावधी निर्वाचन गर्ने बाटो प्रयोग गर्ने तयारी गरेको र त्यसको स्वीकृतिका लागि राष्ट्रपतिलाई आग्रह गरिरहेको बताइन्छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद त्याग्न तयार नभएका ओली  बरु आवश्यक परे पार्टी फुटाएरै भएपनि अर्को पटक बहुमत ल्याउने कसरतमा छन् ।

त्यसका लागि उनले राष्ट्रपतिसँग पटक–पटक सल्लाह गरेका छन् । तर राष्ट्रपतिले सकेसम्म मिलाएरै जान आग्रह गरेको स्रोत बताउँछ । अभियान टाइम्सका साथमा । 

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  १ : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।