Logo

ट्रम्पले धाँधलीको आरोपमा हालेको हुलाक मतको मुद्दा सर्वोच्चबाट खारेज



हुलाकमार्फत् गरिएको मतदानमा धाँधली भएको भन्दै डोनाल्ड ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतले खारेज गरेको छ ।

राज्यको सर्वोच्च अदालतका न्यायाधीशले एकमतका साथ शनिबार राति यस्तो फैसला गरेका हुन्। पेन्सिलभेनियामा युनिभर्सल मेल इन मतदान स्थापना गर्ने २०१९ मा ल्याइएको ऐन-७७ लाई चुनौती दिदै ट्रम्प अभियानले मुद्दा दायर गरेको थियो ।

यो ऐनलाई चुनौती दिने मुद्दा ऐन आएको एक वर्षपछिमात्र दायर गरिएको र चुनौती दिने कानुनी आधारहरु नभएको भन्दै न्यायाधीशहरुले फैसला गरेका हुन् ।

गत नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन राष्ट्रपति निर्वाचित भइसकेका छन् । तर, ट्रम्पले उनको जितलाई अझै स्वीकार गरेका छैनन् ।

 

त्यस्तै प्रकारको मुद्दा फेरि अदालत ल्याउन नपाउने गरी ट्रम्प पक्षको मुद्दा खारेज गरिएको हो ।

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  ९ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।