Logo

राजनीति

‘हामी यहाँ छौँ’ भनेर टाँस्न पर्दैन, वैधानिक हामी नै हो : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपामा वैधानिकताको प्रश्ननै नरहेको बताएका छन् । अग्रेजी नया वर्ष २०२१ आगमनको अवसरका प्रवासमा रहेका नेपालीहरुलाई भर्चुअल सम्बोधनमार्फत ग्रोगेरियन नयाँ वर्षको शुभकामना दिँदै ओलीले पार्टीको वैधानिकता कायमै प्रश्ननै नरहेको प्रष्ट पारेका हुन् । 

पार्टीलाई मिल्नै नदिने गरी  दाहाल-नेपाल लागेको ओलीको आरोप छ । उनले दाहाल नेपाल  समूह देशभर कार्यकर्तालाई पार्टीको सम्पत्तिको नाममा भिडाउन तल्लिन रहेको बताए । ओलीले भने-अहिले पनि पार्टीमा बैठकमा आउन सक्नुहुन्छ । फेरि बैठक बोलाउछु, उहाँहरु आउनुस्, बसौं, छलफल गरौं,उहाँहरुको जस्तो प्रथम अध्यक्षलाई सदस्यबाट निकाल्यौं भन्ने जग हँसाई हामी गर्दैनौं । हामीले कसैलाई हटाएका छैनौं ।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोग जानेहरु अरुको उक्साहटमा चोइटिएको भन्दै नेकपा पार्टीको वैधानिकता आफूहरुसँग रहेकाले आयोगमा निवेदन बोकेर नगएको बताए । ओलीले भने-‘कसैले निवेदनको चिर्कटो निर्वाचन आयोगमा पुर्याउँदैमा वैधानिकता पाप्त हुँदैन । हामी वैधानिक नेकपा हौं । अदालत र आयोगमा उहाँहरु जानु भएको छ । हामी यहाँ छौं भनेर छातीमा कागज टाँसेर बस्नुपर्ने अवस्था हाम्रो होइन । दुनियाँलाई थाहा छ हामी कहाँ छौं । उहाँहरु अलपत्र पर्दै हुनुहुन्छ । “

ओलीले प्रवासी नेपालीहरुलाई शुभकामना दिँदै देशको चिन्ता लिने गरेकामा धन्यवाद पनि दिए ।

प्रकाशित मिति : पुष १७, २०७७ शुक्रबार  १ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।