Logo

सुरक्षा/अपराध

नम्बर परिवर्तन गरी चोरीको मोटरसाईकल चलाउने पक्राउ



महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीको बास्तविक नम्बर परिवर्तन गरी चोरीको मोटरसाईकल चलाउने १ जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज बालाजु बाईसधारा स्थित सडक खण्डबाट जिल्ला नुवाकोट तादी गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २८ को अनिल तामाङ्गले बास्तविक नम्वर प्लेट परिवर्तन गरी बा ६५ प २३६६ नम्वर प्रयोग गरी चलाई चलाइरहेको अवस्थामा मोटरसाईकल सहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिनुभयो ।

काठमाण्डौं रामकोट स्थित सडक खण्डबाट बा६३प २६६ नम्वरको रातो रंङ्गको पल्सर मोटर साईकल हराएको भनि रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. १ बस्ने कुल बहादुर श्रेष्ठले महाशाखामा निवेदन दिएका थिए । 

हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भू पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो । 

यस आ.व.०७७/०७८ मा चोरीमा संलग्न ३१ जना मनिस र १९ मोटरसाईकललाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी ११७ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार  ४ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।