OnlinePana

अनलाइन संवाददातापौष २०, २०७३काठमाडौं
१६५ पटक

Blankets bearing the crest of Brazilian soccer team Chapecoense are placed on coffins holding the remains of the victims who died in an accident of the plane that crashed into the Colombian jungle with the team's players onboard, in Medellin, Colombia December 1, 2016. REUTERS/Jaime Saldarriaga

 विमान दुर्घटनामा टोलीका अधिकांश सदस्य गुमाएको ब्राजिलियन फुटबल क्लब च्यापेकोएन्सेले अर्को सिजनका लागि २० जना नयाँ खेलाडी किन्ने भएको छ ।

तर, पूराना खेलाडीले लगाएको जर्सीको नम्बर भने नयाँ खेलाडीलाई प्रदान नगरिने भएको छ ।कोपा सुडाअमेरिकाना प्रतियोगिताको फाइनल खेल खेल्न जाने क्रममा गत नोभेम्बरमा भएको विमान दुर्घटनामा क्लबका १९ खेलाडी र कोचिङ स्टाफको मृत्यु भएको थियो ।

क्लबलाई उक्त प्रतियोगिताको विजेता घोषणा गरिएको थियो भने प्रतिद्वन्द्वी एथ्लेटिको न्यासियोनाललाई फेयर प्लेको उपाधि दिइएको थियो ।

‘नयाँ खेलाडी किन्न हामीले धेरै ऋण लिएका छौँ,’ क्लबका निर्देशक रुइ कोस्टाले भने, ‘यसका लागि धेरै क्लबहरुले सहयोग गरिरहेका छन् ।’

प्रतिकृया दिनुहोस्