OnlinePana

अनलाइन संवाददातापौष २०, २०७३काठमाडौं
२०४ पटक

love-letter

कुन शब्दले सम्बोधन गरौ म त्यो हाम्रो अधुरो प्रेमको सम्झनालाई, सुहाउदो शब्दले सम्बोधन गर्नको लागि वास्तविक कुनै सब्दकोषको भण्डारमा खोजि निती नगरेको पनि होइन, तर बिडम्बना कुनै तेस्तो शब्द हातपार्न सकिन जुन शब्दले तिमीलाइ सम्बोधन गरु प्रिय भन्ने त्यो प्यारो शब्द बिगतमा मुल्यहीन भएतापनि र ओठमा झुण्डिय झै हरेक शब्द उच्चारणको सुरुवात र अन्त्य सगै जोडिए पनी अहिले त्यो शब्द अति नै मुल्यवान् र अतितमै रहेको एकादेशको कथासंग सम्बन्धित बन्न पुगेको छ । तैपनि तिम्रो मनमा तेस्तो कुनै चोट नपुयाउने अठोटका साथ अधुरो प्रेमको सम्झनालाई वर्तमानमा सम्झने दुस प्रयास गरेको छु ।

यो सम्झना र यो सम्बोधन केबल मेरो जिवनको पहिलो प्रेमको सम्झनालाई निम्त्याउने एउटा काल्पनिक मार्ग मात्र बन्ने छ । किनकी बिलासिएको अप्रत्यासित जङ्घार्मा रुमल्लियको अधुरो प्रेम न त फर्कन्छ न त स्विकार्य नै हुनेछ।।।।।।।। जिन्दगीको अनेकौ मोड अनि अनेकौन शृङ्खलाहरुसंग अपरिचित हुँदै एउटा अन्जान जिन्दगी बिताइ रहेको म जस्तो मान्छेलाई तिमीले हरेक कुराहरुको अवलोकन गर्ने मार्ग देखाइ दियौँ यो अधुरो प्रेम गरेर रु जुन मार्गलाई अहिले म अधुरो प्रेम भएता पनि सफल गन्तब्यको नामाकरणले चिन्न सक्ने भैरहेको छु ।

अब त त्यतिमात्र होइन म प्रेमलाई नजिकबाट पनि बुझ्ने बनिसकेको छु । अधुरो अतितको प्रेमलाई कल्पनिक सन्सार सम्झदै बर्तमानमा आँसु बगाउनु केबल किमार्थ हुन्छ भन्ने कुरा अवगत भैसकेको छ । म निर्दोस थिए निर्दोस छु र निर्दोसै रहने छु, तर तिम्रो नजरमा म कहिले निर्दोस साबित हुन सकिन, किनकी तिमीले मलाई बुझ्ने प्रयास नै गरिनौ ।

आखिर अहिले सम्झन बाहेक अरु केही रहेको छैन रे तिमीमा, मैले भन्ने गर्थे नि निर्दोस आकाश माथि थुक्क जसले पनि सक्छ, तर त्यो थुकलाई पनि थाहा हुन्छ कि त्यो निर्दोस आकास सम्म पुग्नु हुदैन किनकी उ बास्तबमा निर्दोशनै छ भन्ने कुरा तेसैले निर्दोस आकासलाई थुक्ने उहीँ स्वयम् लाई फर्केर त्यो थुकले पछयाउन थाल्छ, तेस्तै भयो तिम्रो र मेरो जिन्दगीमा, तिमीले दोषी ठहर्याउने म निर्दोस साबित त्यतिबेला हुन नसके पनि अहिलेको माहोलमा तिमी आफै बुझ्दै हौली ।

हाम्रो त्यो पवित्र प्रेम माथी डाह गर्नेहरुको दृष्टि लाग्यो भनौ या तिम्रो मुर्खताको उपज भनौ बर्षौदेखि मलजल गर्दै हुर्काएको चोखो प्रेमको विरुवा क्षण भरको काहली लाग्दो गलत निर्णयले टुटाइदियो, बडारिदियो , मलाई थाहा थियो कि तिमी हरेक कुराको निर्णय लिन सक्षम छेउ भन्ने कुरा तर जुन कुराको निर्णय लियौ, यतिसम्म त मैले सोचेकै थिएन, सायद यति धेरै सोच्न सक्ने क्षमता म मा थिएन होला ।

जुन तिमिले गर्न सम्मसक्यु धन्य छ तिमीलाई कहिले मलजल अनि छेकबार नगरी आफै कल्पनामा उम्रने त्यो अधुरो प्रेमको बिरुवा रोपेर गयौँ जुन विरुवाको माली बनेर म आफैले गोडमेल र मलजल गरि हुर्काइ रहेको छु, । किनकी हाम्रो अधुरो प्रेमको कुनै तेस्तो चिनो रहेको छैन । जसले यो विरुवाको मलजल गर्नलाई भुलाइयोस, तेसैले सम्झनालाई साहारा बनाई हिड्ने गन्तब्यमा यो विरुवाको मलजल गरिरहने छु, ।

जब सम्म म रहने छु । सुन्न त सुनेको थिए चोखो र निश्चल प्रेम गर्नेहरु सदैब एक्लो बन्ने गर्छन भन्ने कुरा, तर म तेसलाई कदापी स्विकार गर्न सकेन आखिर समय र परिस्थितिले त्यही अबस्थाको शृजना गरी प्रमाणित गराइदियो । अब पनि कसरी म त्यो कुरालाई अस्विकार गर्न सकुला रु तर केही छैन जे नहुनु थियो भैसक्यो हरेक कुरा आफ्नै बसमा रहन्छन भन्ने पनि हुदैन, अब तिमी मलाई सम्झने प्रयास त पक्कै पनि गर्ने छैनौँ र नगर्नु पनि । तर सम्झना नगर्दा नगर्दै पनि जीवनको यो गन्तव्यमा कुनै जङ्घार समक्ष आकस्मिक भेट हुन गयो भने, कृपया, म एकोहोरो टोलाउन सक्छु, तिमी छिट्टै मेरो नजरले देख्न सक्ने क्षमता भन्दा अलिक टाढा ओझेल परिदिनु ।

हुन त तिमीलाई मैले कुनै अनुरोध गर्ने अनुमती छैन र पनि

यो अनुरोध जान अन्जानमा भएपनी गर्नै पर्छ र गरे पनि । हरेक कुरा अस्विकार्य भए तापनि यो कुरा अवश्य स्वीकार गरिदिने छौँ भन्ने आशा गरेको छु । हरेक मान्छेहरु सोध्ने गर्थे, तेरो मनको मान्छे तँ संग कुनै कारणले अलग भयो भने त के गर्छस रु तर मैले हाँसीहाँसी जवाफ दिने गर्थे कि मेरो मनको मान्छे मबाट कहिले अलग हुदैन, जुन मान्छे अलग हुन्छ नि, त्यो मान्छे मनको हुदैन, आज त्यही प्रश्नको जवाफ तिमीमा लागु भयो । यदि तिमी मनको मान्छे थियौ भने पक्कै पनि अलग हुने थिइनौ ।

अब कति लेखौ र, जति लेख्दा पनि अँह ।।।। सकियला जस्तो लागेन, यो भन्दा धेरै लेखौँ भने तिम्रो समय यहाँ खर्च हुने छ । जुन समय तिमीले तिम्रो मनको राजकुमारसंग बिताउन असक्षम बन्नु पर्ला, त्यसैले म यतिकैमा ओझेल पर्न चाहन्छु,।।।।।सकिन बिर्सन म तिमिलाई, लाखौ कोसिस गरेपनि।।।।। फक्रीएको फुल झै बन्नु तिमी।।।।।म ओइलिएर झरे पनि।।।।।।। बाचा कसमको के कुरा।।।।। चोखो मायानै बिलिन भयो।।।।।। तयगरेको गन्तव्य नै आखिर यहाँ अपुरो रह्यो।।।।।। तिम्रै सम्झनामा हराइ रहेको अनि उहीँ भाग्यले ठगिएको मान्छे म तिलक

प्रतिकृया दिनुहोस्