OnlinePana

अनलाइन संवाददातापौष २०, २०७३काठमाडौं
२९८ पटक

” मैदानबाट झाडी तिर ‘डेट’का यस्ता कहानी छन
रेस्टुरेन्ट पिच्छे महंगा ‘रेट’का यस्ता कहानी छन

टाउको दुख्यो पेट दुख्यो भनी ढांटी नखाइ नखाइ
झाडी तिर फुकै चिउरा पेटका यस्ता कहानी छन

आँखा छल्न आतुर जहिले कम चुनौती कहां थियो र !
मध्यराति बांस घारीमा भेटका यस्ता कहानी छन

तातिरहुन नसेलाउन यौवनका यी रहरहरु
गाउँ रोदी शहर ‘डिस्को थेट’का यस्ता कहानी छन

‘पंक्चुएल’ छु भन्थिस ‘ठुल्दाइ’ तँ नी ढांट्ने छल्ने भैछस
लामो जाममा फसें आज ‘लेट’का यस्ता कहानी छन……”

ठूल्दाइको फेसबुक बाट 

प्रतिकृया दिनुहोस्