OnlinePana

अनलाइन संवाददातापौष २१, २०७३काठमाडौं
३०८ पटक

” ढकमक्क फूलहरु फुले पछि रौनक आउँछ
तिमी र म संग संगै डुले पछि रौनक आउँछ

फराक फराक हुंदै गा’छन मन मुटुको संरचना
ज्यान प्राण आपसमा झुले पछि रौनक आउँछ

उकुसमुकुस हट्नु पर्छ तुलबुल तुलबुल हट्नु पर्छ
मनका कुरा निर्धक्क खुले पछि रौनक आउँछ

बुझेकै छौं एक अर्कालाई समझदारी छ हामीमा
केही त्यस्तो छ भने त्यो भुले पछि रौनक आउँछ

कहिले पनि एक अर्काको हित विपरीत जानु हुन्न
अस्ति नै को बांकी आज सुले पछि रौनक आउँछ…..”

ठूल्दाइको फेसबुक बाट 

प्रतिकृया दिनुहोस्