OnlinePana

अनलाइन संवाददातापौष २२, २०७३काठमाडौं
१५९ पटक

अमेरिकाले ओसामा बिन लादेनका २० वर्षीय छोरा हमजा बिन लादेनलाई आतंककारीको कालोसूचीमा समावेश गरिएको छ ।हमजा आतंककारी गतिविधिमा सक्रिय रूपमा सहभागी रहेकाले उनलाई कालोसूचीमा राखिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

हमजाले अब अमेरिकाको कुनै पनि कम्पनीसँग व्यावसायिक सम्झौता गर्न पाउने छैनन् । यस्तै अमेरिकी भूमिमा उनले सम्पत्ति पनि राख्न नपाउने भएका छैन ।

हमजा सन् २०१५ मा औपचारिक रूपमा अलकायदाको सदस्य बनेका थिए । उनले पार्टीमा बुबा ओसामा बिन लादेनको ठाउँ लिने अनुमानसमेत गरिएको छ । हमजाले अलकायदाको सदस्यता लिएसँगै पश्चिमा देशका राजधानीमा आक्रमण केन्द्रित गर्ने बताउँदै आएका थिए ।

अलकायदाका पूर्व नेता ओसामा बिन लादेन अमेरिकी गठबन्धन सेनाले सन् २०११ मा पाकिस्तानको एबोटावादमा गरेको विशेष सुरक्षाको कारबाहीको क्रममा मारिएका थिए ।

प्रतिकृया दिनुहोस्