OnlinePana

अनलाइन संवाददातापौष २२, २०७३काठमाडौं
१२६ पटक

djoni

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनीले बुधबार एक दिवसीय र टि–२० टिमको कप्तानबाट राजीनामा दिएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआ) ले बुधबार एक विज्ञप्ति जारी गरी धोनीले राजीनामा दिएको जनाएको हो।

धोनी इंल्याण्ड विरुद्ध आगामी एक दिवसीय र टि–२० खेलको कप्तान सम्हाल्ने छैनन्। तर उनी टिम चयनका बेला भने उनी उपस्थित हुने भारतीय संचारमाध्यमले जनाएका छन्।

बीसीसीआईका मुख्य कार्यकारी अधिकारी राहुल जौहरीले एक विज्ञप्ति जारी गर्दै क्रिकेटका प्रशंसक तथा बीसीसीआईकातर्फबाट धोनीले भारतीय क्रिकेटलाई दिएको योगदानकालागि धन्यवाद दिएका छन्।धोनी भारतीय क्रिकेट टिमका यस्ता कप्तान हुन जसले आईसीसीका सबै खेलमा जित दिलाएका थिए।

प्रतिकृया दिनुहोस्