OnlinePana

अनलाइन संवाददातापौष २३, २०७३काठमाडौं
१२७ पटक

florida-airportअमेरिकाको फ्लोरिडास्थित विमानस्थलमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी पाँच जना व्यक्तिको हत्या गरेको छ ।

फ्लोरिडाको फोर्ट लाउडरडेल विमानस्थलको टर्मिनल ट्रमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा उनीहरू मारिएको सरकारी अधिकारीले बताएका छन् । घटनामा अरू आठ जना घाइते भएका छन् भने एक व्यक्तिलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

स्टेबान सान्टियागो नाम गरेका व्यक्तिले आक्रमण गरेको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । सान्टियागोले आफ्नो झोलामा बन्दुक ल्याएको उल्लेख गरिएको छ । आक्रमण किन गरिएको भन्ने खुलेको छैन ।

सान्टियागोसँग सैनिक परिचयपत्र रहेको जनाइएको छ । उनी सन् २००७ मा राष्ट्रिय सुरक्षा गार्डमा भर्ति भएको र २०१० मा १० महिनाका लागि इराक गएको उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्