OnlinePana

गोमा थापापौष २३, २०७३काठमाडौं
७०४ पटक

हामी जिवनमा धेरै यात्रा गछौं सबै यात्राहरु याद गर हुदैनन तर कतिपय अवस्थामा चाहेर पनि यो यात्रालई विर्सिन सक्दैनौं । कुरा केहि समय अगाडीको हो ।

अझ भनौ लगभग एक वर्ष पहिले आज आएर मलाई किन हो खै त्यहि मिठो घटनाको याद आयो र केहि लेख्न मन लाग्यो म एउटा विद्यार्थी साथमा सानो जब पनि छ ।

सधै जस्तै गरि म नियमित काममा नै व्यस्थ हुन्थे । अफिसमा यत्तिकैमा हामी सम्पुर्ण नेपालीहरुको माहान चाड सूरु भएको थियो म आफनो घटना तिर लागे ।

जुन कुरा म सुनाउन लेख्न गईरहेको छु । यति बेला दसै असोस महिनामा नभई कार्तिक महिनामा थियो त्यो वर्ष मेरो घरमा टिका थिएन ।

त्यस कारण म दसैमा घर नजाने निर्णय गरे । अफिसको सबै स्टाफ साथीहरु जाने कुरा भयो । दसै जस्तो चाडमा बाहिरबाट काठमाडामौं बस्नेहरु त घर नजाने कुरै भएन् । म भने चुपचाप साथीहरु घर जाने कुरा सुरिहन्थे म दसैमा घर नगई तिहारमा जाने कुरा थियो ।

समय बित्दै गयो । साथीहरु सम्पुर्ण सरहरु दसै मनाएर पुन आफनो नियमित काममा आउनु भयो । एक दुई दिन गर्दै म पनि घर जाने दिन आयो तिहार आउन केहि दिन बाकी रहदा म गाउ गए । तिहार मनाउन नभए पनि म घर गए । देउसी भैलो पनि खेले म दिदि र दिको छोरी सानी फुच्चि भएर गएका थियौं घर लगभग एक हप्ताको बसाई पछि काठमाडौं फर्किने कुरा भयो हामी नाईट फर्किने भएयौं । तिहार भरखर सकिएकोले होला गाडी पाउन निकै गाह्रो भयो ।

बल्ल तल्ल एउटा गाडीमा हामी चढेउ तर दिदि र म संगै बस्न पाएनौ । म क्याभिनमा बस्नु पर्यो रातीको यात्रा निकै कष्टकर थियो त्यो यात्रा आज सम्मकै कष्टकर यात्रा भन्न रुचाउछु म । गाडी प्याक भए पनि खलासी ड्रराइभरहरु प्यासेन्सर खोज्न नै तलिल्न थिए ।

लगभग गाडी भरिसकेको थियो र पनि गाडी अगाडी बढन सकेको थिएन् । यत्किैमा दुइजना केटाहरु आए ति दुई मध्ये एक जनाले बाईकको हेलमेट नै लगाएर बसमा चढयो मत कोहि आफनो मान्छेलाई पुर्याउन आएको होला भनि ठाने तर त्यस्तो रहेनेछ । यत्तिकैमा बस चल्न शुरु गर्यो । खासै कुरा केहि भएन रातभर हामी एक अर्कालाई हेरउ मात्र म त झन पहिला बोलाउने बानी छैन् । त्यहि माथी रातको यात्रा आफैमा कष्टकर थियो ।

मान्छेको ठेला ठेल थियो । के गर्नु सबैलाई जानु आउनु थियो आफनो आफनो गन्तब्यमा जसो तसो आफनो ठाउमा सहज भई बस्नु परेको थियो । निकै कष्ठकर थियो बसाई त्यहि माथी राती यात्रा गर्दौ गर्दे त्यो हेलमेट लाउने दुई केटा मध्ये एउटाले भन्यो नानी तिमलाई साहै अफठेरो भयो है म हास्दे भने छैन उसले एक छिन् भए नि मेरो ठाउमा बस भनेर उभियो । हेर्दा गोह्रो राम्रो थियो । धेरै पछि उसले भन्यो के गछौ काठमाडौमा घर कता उसको घर बुटवल नै रहेछ । मेरो नजिकै बल्ल सोधे उनिहरुको बाईक बिगी्रएछ ।

घर बाट हिडिसकेपछि के फर्किनु राम्रो हुदैन् भनेर उनिहरु बसमा आएका रहेछन् । उसलाई मैले जब गर्छु भने पछि मैले काम गर्नै अनलाईनको नाम बताए उसले हेर्यो साईडमा मेरो नाम थियो र अफिसको फोन नं मैले सोधिन नाम उसलाई खासै बोल्ने बानी छैन त्यहि माथी यात्राको क्रममा भेटिएको केटा मान्छे गाह्रो लाग्यो ।

सायद थानकोट निर आउदा उसले भन्यो म यदि सम्झिएर र याद आयो भने तिम्रो अफिसको नं मा कल गर्छू ल भन्यो । मैले हुन्छ । भने त्यसपछि त्यो केटा सायद कंली झर्यो । र झर्नि बेलामा पनि भन्यो राम्ररी जाउ अनि हास्दै भन्यो । कल गर्छु है अफिसको नम्बरमा भन्यो र अनि झर्यो।

मैले नि केहि भनिन हेर्द उ सामान्य देखिन्थ्यो । गोरो अग्लो कालो चस्मा रातो टिसर्ट कालो पेन्ट निकै सुहाएको जस्तो देखिन्थ्यो । त्यसपछि हामी नि बस पार्क झरेर कोठमा गएौं र खाना खाएर अफिस गए म । र अफिसमा गएर सबैलाई भने म नहदा कसैको फोन आए मेरो नम्बर मागे भनि दिनु है भनेर तत्काल फोन आएन लगभग १५ दिन पछि होला फोन आयो त्यहि मान्छेकै थियो । फोन मैले नै उठाउथ्थे अफिसको खै के भयो मैले गोमा जिले अफिस छोडिसक्नु भयो । आउनुहुदैन भनेर ढाटे उसले फोन राखिदियो । तर अहिले मैले साच्चै नै त्यो अफिस छोडि नै सके ।

र अहिले मलाई खै किन हो त्यो मान्छेको याद आयो र केहि कुरा लेख्न मन लाग्यो । साहायद त्यो मान्छे मलाई किन खराब लाग्यो आखिर बोल्दैमा साथी हुदैमा त के नै हुन्थो होला र उसको र मेरो घर पनि एकै ठाउ झन्डै ४५ मिनेटको फरक मात्र थियो प्रश्न आफैलाई गर्दछु आज सायाद बोलेको भए हुन्थ्यो । यहि प्रश्न उठिरहन्छ कहिले काही भन्छु बोलेको भए हुन्थ्यो ? साथी हुदैमा के हुन्थ्यो ? प्रश्न आफैलाई

प्रतिकृया दिनुहोस्