OnlinePana

अनलाइन संवाददातापौष २५, २०७३काठमाडौं
२२६६ पटक

प्रमुख प्रतिपक्षी दल र नौ दलको विरोधका बाबजुद आइतबार व्यवस्थापिका संसद्मा ‘नेपालको संविधान दोश्रो संशोधन, २०७३’ पेश भएपछि सामाजिक सञ्जालमा त्यसको स्वागत र विरोधको ओइरो लागेको छ ।

आइतबार विपक्षी दलहरूको होहल्ला र नाराबाजीकाबीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले उक्त संशोधन प्रस्तुत गरेका हुन् । मन्त्री नायकले संशोधन प्रस्तुत गर्नु अगाडि सांसद् प्रेम सुवाल र अर्का सांसद् चित्रबहादुर केसीले बेग्लाबेग्लै प्रस्तुत गर्नुभएका संशोधन प्रस्तावमाथीको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । सांसद् सुवालले आफूले संविधानको दोश्रो संशोधनको निम्ति नभई प्रस्ताव नै फिर्ता लिन सदनसमक्ष विरोधको सूचना दिएको स्पष्ट गर्दै त्यसको खारेजीको पक्षमा आफू रहेको बताएका थिए भने अर्का सांसद् केसीले पनि विरोधको सूचना फिर्ता लिन नमानेपछि बैठकले उनीहरूको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको हो ।

यसरी बहुमतले अस्वीकृत गरेपछि सभामुख ओनसरी घर्तीमगरले संशोधन प्रस्ताव टेबल भएपछि अब प्रतिपक्षसँग वार्ता गर्दै निकास खोज्ने प्रयास गर्नेसमेत बताएकी छन् । आइतबार निर्वाचनसम्बन्धी दुई वटा कानुन र अख्तियार प्रमुखको महाअभियोग प्रस्ताव प्रस्तुत गरिएलगत्तै कानुन मन्त्री नायकले संविधान संशोधनको प्रस्ताव टेबल गरेका थिए ।

करिब डेढ महिना अघिदेखि संशोधन प्रस्तावलाई लिएर प्रमुख विपक्षी दलद्वारा स्थगित गर्दै आए पनि अन्त्यमा आएर संशोधन टेबल भएपछि अहिले सभामुख घर्तीमगरको विरोधमा सामाजिक सञ्जालमा पार्टी समर्थित केही व्यक्तिहरूले हार्दिक समवेदनासमेत प्रकट गर्दै कमेन्ट गरेका छन् ।

प्रतिकृया दिनुहोस्