OnlinePana

अनलाइन संवाददातापौष २५, २०७३काठमाडौं
१२७३ पटक

devendra

 देवेन्द्र पौडेल,नयाँ शक्ति पार्टी,नेपाल संगठन विभाग प्रमुख

मानिसहरुको सोच्ने तरिका, कार्य प्रणाली र सभ्यताको विकाश निरन्तर गतिमा विकसित हुदै प्रवाहित भै रहेको छ । आधुुनिक समाजका प्रवर्गहरु र हालका सिद्धान्तहरु इतिहासकै जन्मका विकसित परिमार्जित रुपहरु छन् ।

मानिसको अस्तित्व रहँदा सम्म वा मस्तिष्कको सोच्ने तरिकाको स्वत्व रहँदा सम्म न त विचारको अन्त हुुन्छ । नत चेतनाको नष्ट हुुन्छ ।

पौराणिक धैरैजसो देवि देवतालाई पुजा आर्जन गरेर जनतालाई संप्रेषण गर्ने र प्रभावित पार्ने सिद्धान्तहरु थिए । टाठा टाठा व्यक्ति र व्यक्तित्वहरु पुुरोहितको रुपमा जन्मिने गर्दथे । राजाहरुले आँफैलाई देवताको रुपमा सार्वजनिक घोषणा गर्ने र विरोधीहरुलाई दमन गर्ने वा मृतुुदण्ड दिने प्रचलन थियो । कुनै पनि प्रकारको लोकतान्त्रिक प्रणालीहरु थिएन् । यो क्रममा पनि थुप्रै सभ्यताका विकासहरु भए । इजिप्टको नाइल सभ्यता होस् वा मेसोपोटामियाको टिग्रीस भारतको इण्डस होस् वा चीनको ह्वाङ्गो यी सबै समस्यावधिमा आ–आफ्नै प्रकारका विचार धारात्मक स्वत्वहरु क्रियाशील थिए र अस्तित्वमा रहेका थिए ।

विकासको क्रम संगै वैचारिक प्रवर्गहरु पनि देखापर्न थाले । हेराक्लिटसले वस्तु, माटो, हावा, पानी, आगो बाट पैदा भएको तर्क सहित आफ्नो कुरालाई अगाडि बढाए ।

पाइथागोरसले संसार जोड विजोडमा चलेको छ । भन्दै साध्य संख्या सिद्धान्तको ब्याख्या गरे । प्रेम र घृणा तथा जीवन र मृतु संगै विपक्षीबाट निर्मित धनु र काँणको संसार भन्दथे ।

शुकरातले वास्तविक ज्ञान भनेको अज्ञान प्रति चेतना जाग्नु हो भन्ने गर्दथ्ये । धार्मिक विस्वाश विना पनि मानिस अशल हुुन्छ भन्ने मान्यता राख्ने सुकरातलाई धर्मवादीहरुले मृतुदण्ड दिए ।

आजभन्दा झण्डै २४०० वर्ष पहिले अणुु र गतिको कुरा गर्ने ब्रमाण्ड आँखाले नदेखिने साना भन्दा साना तत्वहरु बाट बनेको हुन्छ । भन्ने डेमोक्रिटसकै विकासित रुपलाई आइस्टाइकले प्रमाणित गरे । राजनीतिक र सामाजिक हुनुु सामाजिक असमानता बाट जन्मिन्छ भन्दै यस्ता असमानता हटाउने प्राचिन सिद्धान्तकार अरस्तुकै विकसित रुपमा कार्ल माक्र्सल वर्गविहिन समाजको परिकल्पना गरे ।

ब्रहमा, विष्णु, महेश्वरको धारणालाई पञ्चावमा स्थापना गर्दै भारतका आर्य ऋषिमुुनिहरुले वेद उपनिषद र पुुराणका रुपमा धार्मिक गन्थ्रहरुको व्यवस्था गरे ब्रमाण्डको अस्तित्व, परमात्मा र व्यक्ति मित्रको आत्मा एउटै हुन् भन्ने मान्यता भारतीय दर्शनको मुल आधार हो ।

श्रीकृष्णका प्रवचनहरु हिन्दुु दर्शनको मुल श्रोत बनेको छ । खास गरी पूूर्वीय दर्शनको एउटा केन्द्र भारतीय दर्शनमा चन्द्र सूूर्य, हावा, पानी, आकाश र पृथ्वी पञ्चतत्वको रुपमा ईश्वर मानेर पुजा गर्ने प्रचलन आजको २१ औं शताब्दीमा पनि ब्याप्त रहको छ । भारतीय उपमहादिपमा उपनिषद दर्शन शास्त्र र वेदलाई पवित्र ग्रन्थका रुपमा स्विकार्न नसक्नेहरुले हिन्दु धर्म र दर्शनको विरोध गर्दै फरक र स्वतन्त्र विचार राख्न थाले । आपसि लडाई, विभिन्न प्रकारका जातीय युुद्ध र संघर्षहरुबाट ग्रसित समाजमा शान्तिको परिकल्पना गर्न थालियो यसैलाई बुद्ध धर्मका दर्शनका रुपमा व्यापार गरी महायान बुुद्ध धर्मको उत्थान गरियो ।

आज्ञाकारी, मिलनसार, सदाचार आदिलाई सिष्टचारको रुपमा मान्दै चिनमा कम्फ्यूूसियसवादको विकास भयो । यसको विकल्पमा फेरी भेदभाव विनाको प्रेम युद्ध रहित स्थिति र कम्फ्यूूसियस विचार माथिको आलोचना गर्दै माओवादी विचारको जन्म भयो ।

उता यूूरोपमा आस्थाको नयाँ युुग सुुरु भयो । क्याथोलिक चर्चका धार्मिक सिद्धान्तकार थोमस आक्युूनस मार्फत एक्काईस सुुुत्रीय पुुस्तक लेखेर तत्कालीन दर्शन शास्त्रलाई कमजोर बनाइयो र इसाई धर्मको प्रचार गरियो ।

धार्मिक आन्दोलनकै क्रममा चर्चहरु माथि आक्रमण गरेर विजय प्राप्त गरे पनि कममै मानिसहरु दूई धारामा विभाजित हुन थाले खास गरी निकौलस म्यकियाभेलि सम्म आइपुुग्दा संसामा दुुई वटा दृष्टिकोणहरु भ्रुणको रुपमा देखा पर्न थाले अध्यात्मक वादले धर्ममा निर्भर रहेर बस्तुको व्याख्या गरौं भन्न थाल्यो भने भौतिक वादले वस्तुलाई वैज्ञानिक ढंगले ब्याख्या गरेर सत्य र तथ्यमा पुुगौं भन्ने तर्क प्रस्तुत गर्न थाल्यो ।

भौतिक वादकै आधारमा पुुर्नजन्मको युुगमा “व्यक्तिगत मुुक्ति तथा मानवीय स्वतन्त्रका ” विषयहरु उठ्न थाले । जियोर्डानो ब्रनोले सर्वव्यापकताको सिद्धान्तलाई व्याख्या गरे यीनले धर्मको युुग सकिएको कुरा गरेर चर्च तथा धर्मबाट स्वतन्त्र भएर नयाँ सिद्धान्तको खोजि गरौं भन्दा जलाएर मारियो ।

इटालिका खगोल शास्त्रि ग्यालिलियो ग्यालिलि लाई आधुनिक विज्ञानका प्रणेता पनि मानिन्छन् । उनले पृथ्वीले सूूर्यलाई परिक्रमा गर्दछ भन्दा धरैले उनलाई पागल भन्ने गर्दथे । न्यायलयको बहस बाट निस्कदा उनले जोड दिएर चिच्याउदै भनेका थिए “तपाईहरु जे सुकै भन्नुुहोस् पृथ्वी आफै घुुम्छ ।”

त्यसै गरी ग्रहहरुको गति सम्बन्धि नियम पत्ता लगाउने जर्मनिका खगोल शास्त्रि योहानेसज्यश केप्लरलाई इसाई धर्मवालाहरुले मानव कलंकका रुपमा आएको दानव भन्ने गर्दथ्ये । आइज्याक न्यूटनले रुखबाट स्याउ खसेको देखेर गुुरुत्वाकषर्णको सिद्धान्त प्रतिपादन गर्दा धेरैले उनलाई पनि बौलाह र पागल भन्ने गर्दथे ।

विभिन्न मानव जातिको व्याख्या गर्दै सिद्धान्त, प्रकृति र मन जस्ता तिन क्षेत्रमा निहित दर्शन प्रणालिलाई तर्क द्धारा पुष्टि गर्ने काम फ्रेडरिक हेगेलले गरे तर्क शास्त्र लागुु गर्ने वा नगर्ने तथा प्रगति गर्ने वा नगर्ने भन्ने बारेमा बसह हुुँदा नै राइटिस्ट र ले लेफ्टीस्ट दुुई विचारहरु आएका छन् । लुुडकिङ फायरवाखले जोडदाररुपमा भौतिकवादको व्याख्या गरे । फ्रान्सका समाजवादी विचारक जोसेफ प्राउधानले मजदुुरकोे स्वतन्त्र संघ र राष्ट्रको शक्ति युनिकरणको लागि संघर्ष गरेका थिए । आत्माको अमरत्व प्रति आस्था नहुने हो भने नैतिकवान हुन सकिदैन भन्दै ईश्वरको अस्तित्व बारे नायाँ बहस इमानुपल कान्टले सुरु गरे ।

यसरी मानव जातीको सभ्यताका विभिन्न चरणमा विभिन्न प्रकृतिका बाट विचार र सिद्धान्तहरु अगाडि बढ्ने क्रममा जर्मनिमा दर्शन शास्त्रको विकास, बेलायतमा राजनीतिक अर्थशास्त्रको विकास र फ्रन्समा समाजवादको विकास भएको पाइन्छ । यसै गरी पूूर्वीय दर्शनमा चिन, जापान र भारतमा पनि विभिन्न दर्शन र दृष्टिकोणहरुको निरन्तर विकास भएको पाइन्छ । सभ्यताका विभिन्न केन्द्रहरु मध्ये यूूरोपको सभ्यता बढी विकसित भएकोले स्वतह त्यहाँ विज्ञान र प्रविधिको पनि छिटो विकास हुन पुुग्यो । खास गरी मानव जातीको विकास संग जिवन चक्रकै विकासको प्रसंग संग जोडेर डार्विनले गरेको अनुसन्धान र मानिस÷मानिसका विचमा हुने विभेदहरु अन्त गर्ने गरी प्रकृति, जिव, वस्तुु र समाजलाई चित्रण गर्दै जर्मनिका कार्लमाक्र्सले हुन्दात्मक भौतिक वादको सिद्धन्तलाई प्रतिपादन गरे । सुुरुमा यी दुवै जनालाई वहुुसंख्याले वहुलाको संज्ञा दिएका थिए ।

बिसौं शताब्दी सम्म आइ पुुग्दा संसार विभिन्न दृष्टिकोणका विचमा बहस र संघर्षमा प्रवेश गरेको पाइन्छ । तर आजको एक्काइसौं शताब्दी भनेका विज्ञान र प्रविधिका कारण भूूमण्डलिय विश्वगाममा परिणत भएको अवस्था हो । फेरी पनि नेपाल जस्तो देशमा विभिन्न पृष्ठ भूूमिका व्यक्तित्वहरुले अंगिकार गरेको मुुख्य विचार भनेको नेपालमा सामन्तवाद– अर्धपुुँजिवादको अन्त गर्दै समाजवाद कायम गर्ने रहेको छ ।

स्वयम विश्वस्वर प्रसाद कोइराला आफै समाजवादी थिए । पछि भारतमा भएका विभिन्न लोकातान्त्रिक आन्दोलन र अंग्रेजि वरोधि आन्दोलन बाट प्रभावित हुुँदा “समाजवादमा” प्रजातान्त्रिक पदावली जोडेर “प्रजातान्त्रिक समाजवाद” भन्न थालेका छन् । नेपालमा वामपन्थि पृष्ठ भूूमिको विचार संप्रेषण गर्ने पुुष्पलाल श्रेष्ठ आफै समाजवादी विचारका थिए । राणा शासनकालिन अवस्थाको अन्त्य तिर यदि कसैले लोकतन्त्र वा समाजवादको कुुरा ग¥यो भने उसलाई घ्रिणा गरिन्थ्यो वा अपराधी सावित गरेर राज्यले दण्ड गर्दथे ।

तर आज २०७२ मा घोष्णा गरिएको संविधानको मुुल प्रस्थापनामै समाजवादी प्रणालीमा देशलाई लैजाने भनिएको छ । त्यसैले मानिसले सोच्ने तरिकालाई समय परिस्थिति र सभ्यताका काल क्रमले निरन्तर प्रभावित पर्ने गर्दछ । माथि उल्लेख जे जति केही दृष्टान्तहरु छन् ति सबै सभ्यताको विकास क्रममा प्रतिविंवित भएका मानविय विचारहरु छन् । त्यसैले हामी भन्न सक्दछौं मानिसको अस्तित्व रहँदा सम्म विचारको अस्तित्व निरन्तर जीवित रहन्छ । बरु प्रश्न समकालिन देश, समाज र परिस्थितिमा अभिब्यक्त भएका निरन्तर विरोधहरु हाल गर्न कस्तो विचारलाई ग्रहण गर्ने भन्ने प्रश्न मुुख्य विषय हो ।

विभिन्न काल,परिस्थिति र समय अनुसार संसारमा देखा परेका पुुरानै विचारहरुको कित्तावन्दीमा उभिएर प्रश्न गर्ने गरिन्छ । नयाँ शक्ति कुन विचारको प्रतिनिधित्व गर्दछ ? काँग्रेस हो की कम्युुनिष्ट ? वामपन्थि विचार राख्नेहरुले काँग्रेस देख्ने र काँग्रेसि विचार राख्नेहरुले कम्युुनिष्ट देख्ने गरेको पाइन्छ ।

यी दुवै विचारले व्यवहारीक रुपमा भन्दै ५० वर्ष नेपालमा भूमिगत, अर्धभूूमिगत, खुुल्ला र सरकारी राजनीतिक गरे यसका साथै राज संस्थालाई आर्दश भन्ने विचारले पनि झन्डै लामो समय शासन सहितको शासन गरे । यी तीनै विचारहरुको प्रतिनिधित्व गर्ने पार्टीहरुले मात्रै मिलिजुली शासन गर्ने अरुलाई आउनै नदिने स्थायी व्राण्ड हैन नेपाल र नेपाली जनताहरु संसारमा स्थापित भएका सिद्धान्तहरुलाई आत्मासात गर्न हामी सबै स्वतन्त्र छौं । कसैले माक्र्सलाई आर्दश व्यक्तित्वको रुपमा स्विकारलान् ।

कसैले महात्मागान्धीलाई, कसैले माओलाई मान्लान्, यो उनीहरुको स्वतन्त्रताको कुरा हो । तर अब देशलाई नेपालमा स्थापित भएका मानिसका परम्परागत विचाको नेतृत्वले विकाशको बाटो तिर लैजाने संभावना छैन । त्यसैले नयाँ शक्तिले यी सबै भन्दा फरक एवं वैकल्पिक विचार, दर्शनको वहस उठाएको छ । वैकल्पिक कार्यक्रमको वहस सुुरु गरेको छ । समावेशी, समानुुपातिक र सहभागिता मुलक लोकतन्त्र लागु गर्ने कुरा आफैमा वैकल्पिक विचार हो ।

शासन प्रणालीलाई आमुुल परिर्वतन गर्ने र शुशासित नेपाल निर्माण गर्ने दृष्टिकोण आफैमा नयाँ विचार र कार्यक्रम हो । वदलिएको एक्काईसौं शताब्दीको विस्वमानचित्र र संसारभरीका परिवर्तित अन्तरविरोधहरुकका अवस्थामा देशको सार्वभौमिकता र अखण्डतालाई नयाँ परिस्थिति अनुसारको आन्तरिक राष्ट्रिय एकता सहितको स्वधिनताको पक्षधरता आफै वैकल्पिक विचार हो ।

देशलाई २० देखि २५ वर्ष सम्ममा अन्र्तराष्ट्रिय स्तरमा पुु¥याउने लक्ष्य सहितको कार्यक्रम आफै वैकल्पिक विचार हो । शुुशासित देश बनाउनका लागि इमान्दारिता र सदाचारी भएर देशमा उपस्थित हुँदै देशको सेवा स्वयंसेवी भएर गर्नुु पर्छ भन्ने दृष्टिकोण आफैमा नयाँ विचरा हो । साम्यवादी र समाजवादी नभएका हेगेल, फयर र डार्बिनहरुबाट माक्र्सले धेरै कुरा सिक्न हुने, तर कम्यूूनिष्ट नभएका संसारका पछिल्ला विकसित विचारहरुबाट नयाँ कुुरा सिक्छौं भन्दा माक्र्सको विरोध गरेको हुुन्छ र ? अनि माक्र्सले गति गरेको वस्तु र पदार्थको हुुन्दात्मक भौतिकवादको सिद्धान्तको कुुरा गर्दा लोकतन्त्र विरोधि वा अधिनायक वादी भन्छन् र ? यस्ता प्रवृति र सोचाईहरु परम्परागत संकुुचित मानसिकताका निरन्तरता बाहेक अरु केही पनि होइनन् ।

त्यसैले अब देशको विकासलाई वैकल्पिक विचार, दर्शन र दृष्टिकोण सहितको नयाँ कार्यक्रमको अवश्यकता परि सकेको छ । परम्परावादी काँग्रेस÷कम्युुनिष्ट साँगुरो घेराबाट बस्तु, घटना र परिस्थितिको ब्याख्या गर्ने होइन, स्मर्टसिटि सहितको, स्मार्ट हाइवे सहितको, विज्ञान र प्रविधिको भरपुर प्रयोग गर्न सक्ने आधुुनिक नेपाल निर्माण गर्ने नयाँ परिकल्पना सहितको, सामाजिक न्याय र विधिको शासनको पूूर्ण परिपालना गर्ने सम्म÷भब्य, लगनशिल र मेहनती नेपालीहरु बस्ने अर्गानिक÷आधुनिक नेपाल निर्माण गर्ने वैकल्पिक विचार सहितको बहसमा सहभागी बनौं सम्भव छ, हाम्रै पालामा संमृद्धि नयाँ नेपालको निर्माण ।

प्रतिकृया दिनुहोस्