OnlinePana

अनलाइन संवाददातापौष २६, २०७३काठमाडौं
१९३ पटक

aaaaaaaa

लेखनाथ नगरपालिकाले आगामी आर्थीक वर्ष २०७४-७५ का लागि रु २६ करोड ४० लाख ५२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको २४ औं नगरपरिषदबाट पारित निति तथा कार्यक्रम आर्थीक वर्ष २०७४÷७५ का लागि उक्त बजेट अनुमान गरिएको हो । नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरि २४ औं नगर परिषदले पारित गरेको बजेट, योजना, निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्ष २०७३÷७४ का लागि २१ करोड ५२ लाख २० हजार रहेको थियो भने आगामी आर्थीक वर्षको लागि झण्डै पाँच करोडले वढी रहेको छ ।

नगरपालिकाले आगामी आर्थीक वर्षका लागि आन्तरिक श्रोत तर्फ ४ करोड ६६ लाख ८२ हजार र वाह्य श्रोत तर्फ रु २१ करोड ७३ लाख ७० हजार अनुमान गरेको हो ।

आन्तरीक श्रोत अन्तर्गत स्थानिय करबाट रु १ करोड ९८ लाख ८० हजार , सेवा शुल्कबाट १५ लाख ४० हजार, दस्तुरबाट रु २ करोड ३९ लाख ५० हजार। विक्रिबाट रु ६ लाख र अन्य आयबाट रु ७ लाख १२ हजार रुपैंया उठ्ने अनुमान गरेको छ ।

नगरपालिकाले अनुमान गरेको यो बजेट चालु आर्थीक वर्षको भन्दा चालु आर्थीक वर्षका लागि १६.७३ प्रतिशतले बढी छ । गएको नगरपरिषदबाट आर्थीक वर्ष २०७३ -७४ का लागि २१ करोड ५२ लाख बिस हजार रुपैंया अनुमान गरिएको थियो ।
नगरपालिकाको प्रस्तावित बजेट अनुरुप सबै भन्दा धेरै कुल बजेटको ११ करोड ३६ लाख २४ हजार अर्थात ४३.३ प्रतिशत जनसंख्या तथा सामाजिक विकास शिर्षकमा खर्च हुने छ । त्यसैगरी पूर्वाधार तथा संरचना विकासमा आठ करोड ८८ लाख ९६ हजार अर्थात ३३।६७ प्रतिशत, संगठन तथा प्रशासनमा पाँच करोड ८ लाख ४१ हजार अर्थात १९.२५ प्रतिशत, कृषी, वन तथा वातावरणमा ५५लाख ४१ हजार अर्थात २.१ प्रतिशत, र जलश्रोत तथा भूमिमा ५१ लाख ५० हजार अर्थात १।९५ प्रतिशत खर्च गर्न सकिने बजेट प्रस्तुत गरेको हो ।

लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले बजेट प्रस्तुत गर्दै लेखनाथ नगरपालिका पनि पोखरा महानगरपालिकाको रुपमा रहने पक्का भएको अवस्थामा लेखनाथका लागि अहिले बनाइएका योजनाको सफल कार्यन्वयन गर्नु पर्ने बताए । यो बजेट लेखनाथको विकासमा ऐतिहासीक बनाउन सबै नागरीक र सरोकारवालाको साथ र सहयोगको अपेक्षा समेत गरेका थिए ।

साथै उनले लेखनाथ नगर क्षेत्र भित्र हुने जग्गा विकासलाई कडाइका साथ लागु गर्ने र जग्गा प्लटिङ्का विषयमा अनुगमन गरी राजनितिक दलका प्रतिनिधि सहितको कार्यदल गठन गर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले प्रस्तुत बजेट जनता मुखी भएको र व्यवस्थित जग्गा विकास योजनाहरुलाई सफल कार्यन्वयन गर्न सुझाव दिँदै लेखनाथलाई नयाँ पोखरा बनाउन सकिने धारणा राखेका थिए ।

लेखनाथ नगरपालिकाका इन्जिनियर रविचन्द्र घिमिरेले संचालन गरेको सो कार्यक्रममा कानुनी सल्लाहकार राममणि अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्