OnlinePana

अनलाइन संवाददातापौष २७, २०७३काठमाडौं
६२८ पटक

रामेछापमा जिल्लामा बुधबार बिहानै ट्रिपर दुर्घटना हुदाँ एक जनाको घटना स्थलमै ज्यान गएको छ भने ३ जना गम्भीर घाईते भएका छन् । बिटार स्थित बज्रगुरु निर्माण सेवा कम्पनिको क्याम्पबाट मन्थलि भैसेश्वर तर्फ आउदैको बज्रगुरु निर्माण सेवा कम्पनिले प्रयोग गरेको ट्रिपर बिहान  मन्थलि नगरपालिक १ मक्षेडाँडीमा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परि सिन्धुली जिल्ला भद्रकाली ८ का १८ बर्षिय रमेश बम्जनको घटनास्थलमै मृत्यु भएको र ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा घाईते हुनेहरू मध्ये सिन्धुलीका २१ बर्षिय मोहन खड्का र सर्लाही जिल्लाका ट्रिपर चालक ३० बर्षिय मुकुन्द घिमिरेको अवस्था गम्भिर रहेकोले थप उपचारका लागी धुलिखेल अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रेम जोशीले जानकारी दिएका छन् ।

जोशीका अनुसार रामेछाप डडुवा ५ का २१ बर्षिय कुसुम थामीको तामाकोशी अस्पताल मन्थली रामेछापमा उपचार भई रहेको छ । घटनाको प्रारम्भिक अनुसन्धानमा ट्रिपर तिब्रगतिमा रहेको र मोडमा चालकले उचित नियन्त्रण गर्न नसकेको देखिएको र थप अनुसन्धान जारी रहेको छ ।

प्रतिकृया दिनुहोस्