OnlinePana

अनलाइन संवाददातापौष २८, २०७३काठमाडौं
११३ पटक

15970816_1164889000274450_1009226618_nराष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर जबराले मधेशी मोर्चा बिना कुनै पनि निर्वाचन सम्भव नभएको बताएका छन् ।

रफत सञ्चार क्लबद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधान संशोधन गरी मधेशका जायज माग सम्बोधन नगरी गर्न थालिएको कुनै पनि निर्वाचन सम्भव नभएको बताएका हुन् ।

उनले संविधान संशोधनमा अंगीकृत नागरिकलाई जसरी उसको देशको नागरिकता त्याग्नासाथ नागरिकता उपलब्ध गराउने प्रावधान राखिएको छ यो गलत भएको बताए । उनले अन्य देशमा जसरी बर्षौं लाग्छ त्यसरी नै लागू गर्नुपर्ने भन्दै यो सारै खुकुलो व्यवस्था भएको बताए ।

स्थानीय निकायको निर्वाचन भई हाले पनि प्रान्त र संसद्को निर्वाचनका लागि प्रादेशिक कानुनको सीमांकन कसरी निर्धारण गर्ने भनी आयोग वा समिति बनाउनेतर्फ ध्यान जान नसकेको भन्दै उनले सीमांकनको विषय नसकिएसम्म अरू प्रक्रिया अघि नबढ्ने बताए ।

दोश्रो जनआन्दोलन पश्चात नेपालको राष्ट्रियता इतिहासमै कमजोर भएको भन्दै राष्ट्रियताको सवालला लिएर नै राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एक भएको बताए ।

संविधानमा धर्म निरपेक्षता राख्नु गलत भएको भन्दै राणाले हिन्दू राष्ट्रका सवालमा जनमत संग्रह गरिनु पर्ने र सबै धर्मप्रति सद्भाव रहेको हिन्दू राष्ट्र कायम गरिनु पर्ने बताए ।

प्रतिकृया दिनुहोस्