OnlinePana

अनलाइन संवाददातापौष २८, २०७३काठमाडौं
२२३ पटक

dima deepak

दीपक राज गिरी र दीपा श्री निरौला यति बेला सिनेमा छक्का पञ्जासँग युरोप टुरमा छन् । दीपक दीपाको जोडीले युरोपको चिसो मौसममा कठाङिग्रदैँ भएपनि मज्जा लिईरहेको छ । यू्रोपको चिसो मौसममा बिभिन्न शहरहरुमा दर्शकलाई छक्का पञ्जा मार्फत न्यानोपनको आभाष दिलाउँदै हिँडिरहेका उनीहरु एक हप्ता अघि युरोप उडेका थिए ।

यूरोपका केही शहरहरुमा छक्का पञ्जा प्रदर्शन भईसकेको छ भने केहीमा बाँकी छ । हामीसँग कुराकानी गर्ने क्रममा दीपाले युरोपको मौसम निकै चिसो छ । तर यहाँ छक्का पञ्जा र दर्शकको मायाले निकै न्यानो बनाएको आभाष भईरहेको छ भनिन् । त्यसो त दीपाले सामाजिक सञ्जालमार्फत पनि युरोपमा आफूले पाएका खुशीहरु सेयर गरिरहेकी छिन् । उनले युरोपमा पनि छक्का पञ्जाले राम्रो दर्शक पाएकोमा खुशी हुँदै दर्शकलाई धन्यवाद दिएकी छिन् ।

उनले सेयर गरेका पोस्टहरुमा युरोपमा भएका केही नेपाली दर्शकहरुले पनि प्रतिक्रिया दिएका छन् । आफ्नो नेपाली चलचित्र बेल्जियममा पनि हेर्न पाएको भन्दै उनीहरुले खुशी व्यक्त गरेका छन् । बेल्जियममा भएकी दीपाले युरोपमा अहिले सम्म छक्का पञ्जाको १० शो सकिएको र सबैमा नेपाली दर्शकको सहभागीता उत्साह जनक रहेको जानकारी दिएकी छिन् । छक्का पञ्जा बेल्जियम, नेदरल्याण्ड, जर्मनी, फ्रान्स लगायतका युरोपियन देशहरुमा प्रदर्शन हुनेछ ।फर्सिनेटवर्कबाट

प्रतिकृया दिनुहोस्