OnlinePana

अनलाइन संवाददातापौष २८, २०७३काठमाडौं
२५४ पटक

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्घले प्रमुख दल बिचको मनमुटावले संविधान कार्यान्वयनमा जटिलता उत्पन्न भएको बताएका  छन्।

‘संविधान जारी गर्ने बेला जसरी यी दल मिले, अब कार्यान्वयनमा पनि त्यसरी नै एक जुट हुनैपर्छ’ पूर्वसभामुख नेवाङ्घले भने– दल आपसमा नमिल्ने हो भने, आउँदो माघ ७ भित्रमा ३ वटै निर्वाचन गर्न सकिएन भने संविधान कार्यान्वयन हुन सक्दैन ।’

एमाले नेता नेम्वाङ्घले संविधानले जनतालाई सबै अधिकार दिएको प्रष्ट्रयाए । ‘संविधानले अधिकार दिने हो, बुद्धि, विवेक र क्षमता दिदैन’ कार्यक्रममा उनले भने –‘बुद्धि, विवेक र क्षमता आफैले विकास गर्नुपर्छ । हामी कसरी मर्यादित बन्ने कुरा संविधानले दिदैन, मर्यादित आफै हुने हो ।’

नेता नेम्वाङ्घले लोकतन्त्रलाई संस्थागत गर्न संचारमाध्यमको भूमिका बढी हुने धारणा व्यक्त गरे । ‘विगतका आन्दोलन सफल हुन पनि सञ्चारमाध्यमको भूमिका उल्लेखीय छ’ उनले भने– हाम्रा आवाज विश्व भर पु-याउन सञ्चारमाध्यमकै भूमिका छ ।’

प्रतिकृया दिनुहोस्