Logo

प्रमुख समाचार

आमिर खानको चलचित्र ‘लालसिंह चड्डा’ भारतको प्राय राज्यमा किन प्रतिबन्ध भइरहेको छ ?



पछिल्लो समय बलिउड फिल्मले बक्स अफिसमा खास कमाई गर्न सकिरहेका छैनन्। फिल्मको रिलिज मिति सार्वजनिक हुनासाथ विरोध सुरू भएको छ।

अहिले अक्षय कुमारको रक्षाबन्धन र आमिर खानको ‘लाल सिंह चड्डा’ ट्रोलको निशानामा छन्। यी दुई फिल्मको सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ।

यसैबीच आमिर खानको फिल्म भारतका तीन राज्यमा प्रतिबन्ध लागेको खबर बाहिरिएको छ। बलिउड फिल्मका समालोचक कमल राशिद खानले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्।

‘लाल सिंह चड्डा’ फिल्मलाई उत्तर प्रदेश, मध्य प्रदेश र हरियाणामा अनौपचारिक रूपमा प्रतिबन्ध लगाइएको छ, किनभने यो फिल्म देखाउनेहरू कुनै जोखिम लिन चाहँदैनन्,’ केआरकेले ट्वीट गर्दै लेखेका छन् ।

केआरकेको यो ट्विटपछि फिल्म ‘लाल सिंह चड्ढा’को चर्चा थप बढेको छ। अब केआरकेको यो दाबी कति सत्य हुन्छ त्यो हेर्न बाँकी छ ।

टम ह्यान्स्क अभिनित फरेस्ट गुम्पसको औपचारिक हिन्दी रूपमा आएको यो फिल्म आगामी अगष्ट ११ मा रिलिज हुँदैछ।

नेपालले ‘लाल सिंह चड्ढा’ को प्रदर्शन अधिकार अहिलेसम्मकै मंहगो रकममा खरिद गरेको छ।

लाल सिंह चड्ढा हलिउड फिल्म ‘फरेस्ट गुम्पस’ को हिन्दी रिमेक हो। यो फिल्ममा १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि भारतमा सिख समुदायको विरुद्ध लडेकाहरुको कथामा आधारित रहेको बताइएको छ।

आमिर खान प्रोडक्सन र भायकम–१८ ब्यानरमा निर्माण भएको फिल्ममा अद्वेत चन्दनको निर्देशन रहेको छ। यस फिल्मलाई विश्वभरी हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चरर्सले वितरण गर्दैछ।

फिल्ममा आमिरसँगै करीना कपूर खान, नागा चैतन्य, मोना सिंहलगायत कलाकारको अभिनय छ। फिल्ममा आमिर खान, किरण राव, ज्योती देशपण्डे र अजित अन्धेरेको लगानी रहेको छ।

प्रकाशित मिति : श्रावण २३, २०७९ सोमबार  ११ : २९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।