Logo

प्रमुख समाचार

‘किसान आन्दाेलन’मा उत्रिएकाे जनमत पार्टी आज सात वटै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउदै



काठमाडाैं । ‘किसान आन्दाेलन’का नाममा एक महिनादेखि सडकमा उत्रिएकाे जनमत पार्टीले आज बुधबार सातवटै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने भएकाे छ ।

पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने,  किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा छ ।

‘पहिले खाद (मल) देऊ, अनि मात्रै भोट खसाऊ’ भन्दै जनमतले ज्ञापन पत्र बुझाउन लागेकाे हाे ।

प्रकाशित मिति : माघ १२, २०७८ बुधबार  ८ : ३८ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।