Logo

खेलकुद

टेनिस खेल्दाखेल्दै राप्रपा अध्यक्ष कमल थापा घाइते



राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापा टेनिस खेल्ने क्रममा घाइते भएका छन् । चीनको सेञ्जेन सहरमा आयोजित आइटिएफ सेञ्जेन इन्टरनेसनल सिनियर सर्किट २०१९ मा सहभागी थापा खेलको क्रममा घा’इते भएका हुन् ।

थापाको स्वास्थ्यमा समस्या आएपछि खेल बीचमै छोड्नु परेको थियो । थापाले पहिलो खेलमा ३–० ले जितेका थिए । दोस्रो खेलमा खुट्टाको तन्किएपछि खेल्न समस्या भएको थियो । यति हुँदाहुँदै पनि खेलिरहेका थापाको शरीरमा दुखाइ ढाडसम्म पुगेपछि उनले खेल्न छोडे ।

अहिले अध्यक्ष थापाको अवस्था सामान्य रहेको र आराम गर्न डाक्टरले सुझाएको बताइएको छ । अध्यक्ष थापा उक्त खेलमा भाग लिन गत ८ गते चीन गएका थिए । उनी बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार  ८ : ४२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।