Logo

प्रमुख समाचार

नो अब्जेक्सन लेटर लिन अब कार्यालय धाउनु नपर्ने

एनओसी अनुकूल ठाउँबाट आफूले प्रिन्ट गर्न सकिने



काठमाडौं । वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले अब अनुकूल हुने ठाउँबाट विद्यार्थीहरुले प्रिन्ट गर्न पाउने भएका छन् । आजबाट बैदेशिक अध्ययन अनुमति शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी आफैंले वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्था सुरु गरेको छ ।

एनओसी कार्यालयमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका बिक्रम भट्टराईलाई प्रमाण पत्र प्रदान गर्दै यसको सुरुआत गरेका हुन् ।

भट्टराईलाई न्युजिल्याण्ड अध्ययनका लागि अनलाइन मार्फत् एनओसी प्रदान गरिएको थियो । उनलाई एनओसी दिएसँगै अनलाइ प्रणालीको सुरुवात भएको छ । शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृतिपत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई ‘फेसलेस’, ‘पेपरलेस’ र ‘क्यासलेस’ बनाइएको छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्सन सर्टिफिकेट लिन विद्यार्थीले घरमै बसेर फाराम भर्न सक्ने बताए । शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृतिपत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई ‘फेसलेस’, ‘पेपरलेस’ र ‘क्यासलेस’ बनाएको जानकारी दियो । अब विद्यार्थीले एनओसी फारामका लागि लाग्ने शुल्क पनि घरबाटै तिर्नसक्ने व्यवस्था गरिएको छ ।

#NOCLETTER #एनओसी

प्रकाशित मिति : जेष्ठ १, २०८० सोमबार  ६ : ०८ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।