Logo

अन्तर्राष्ट्रिय

भिडियो चुहावट भएपछि फिनल्याण्डकी प्रधानमन्त्रीले गरिन् ‘ड्रग टेस्ट’



एजेन्सी/हेलसेन्की । फिनल्याण्डकी प्रधानमन्त्रीले पपस्टारसँग नाचिरहेको नयाँ फुटेज बाहिरिएपछि आफूले ‘ड्रग टेस्ट’ गरेको बताएकी छन् । एउटा पार्टीको भिडियो सार्वजनिक भएपछि ३६ वर्षीया सन्ना मारिन यस हप्ता आलोचनामा परेकी थिइन् । भिडियोमा उनी पार्टीमा नाचेको देख्न सकिन्छ । 

भिडियो देखेपछि  केही राजनीतिज्ञहरूले उनलाई लागुऔषधको लागि परीक्षण गर्नुपर्ने सुझाव दिएका थिए । शुक्रबार एक पत्रकार सम्मेलनमा मारिनले आफूले परीक्षण गरेको र त्यसको नतिजा अर्को साता आउने आशा व्यक्त गरिन् । प्रधानमन्त्रीले आफूले कहिले पनि लागुऔषध सेवन नगरेको बताएकी छिन् ।

‘मैले गैरकानूनी केही गरेकी छैन्’, उनले हेलसिंकीमा पत्रकारहरूलाई भनिन् । ‘मेरो किशोरावस्थामा पनि मैले कुनै पनि प्रकारको लागूऔषधि प्रयोग गरिन’, मारिनले थपिन् । 

याे पनि

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले रक्सीको नसामा गरेको डान्स भाइरल (भिडिओसहित)
 

प्रकाशित मिति : भाद्र ४, २०७९ शनिबार  १ : ५२ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।