Logo

प्रमुख समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव ज्ञवालीले बुझ्छन महाराजगञ्ज चिकित्सा क्याम्पसबाट तलब भत्ता



काठमाडौं । सामान्यतयाः काम गरेको संस्थाबाटै प्राप्त हुने पारिश्रमिक तथा सेवा सुविधा लिनुपर्छ । यो नियम संसारभर नै लागू हुने नियम हो ।

सकारी निकाय त आफैँमा थिति बसाल्ने थलो भएकाले काम एकतिर गरेर अर्को ठाउँबाट तलबभत्ता बुझ्ने विषय असान्दर्भिक हुन्छ । तर नेपालको स्वास्थ्य अनुसन्धान परिषद्मा भने एक कर्मचारी काम एकतिर गर्छन भने तलब भत्ता अर्कोतिरबाट बुझ्छन् ।No description available.

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव रहेका डा. प्रदीप ज्ञवालीले यस्तै गर्दै आइरहेको देखिन्छ । उनले परिषद्बाट पारिश्रमिक नलिएको दाबी गर्छन । उता स्वास्थ्य मन्त्रालयले पनि अनौठौ लाग्ने गरी पत्र बनाएर दिएको देखिन्छ । स्वास्थ्य मन्त्रालयको सचिवस्तरिय निर्णयले उनलाई कामकाजका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य सचिवको जिम्मेवारी दिने तर तलबभत्ता भने चिकित्सा शिक्षा अध्ययन संस्थान महाराजगञ्जबाटै उपलब्ध गराउने गरी पत्र काटेको देखिन्छ।

No description available.

यता त्रिविको चिकित्सा शिक्षाले पनि यस विषयमा खासै प्रश्न उठाएको देखिँदैन । त्रिवि र स्वास्थ्य मन्त्रालयको मिलेमतोमै डा. ज्ञवालीलाई जिम्मेवारी एकातिर दिने र तलबभत्ता अर्कैतिरबाट खुवाउने व्यवस्था गरेको देखिन्छ। सामान्यतयाः त्रिविअन्तर्गतको कुनै पनि निकायमा जिम्मेवारी बहन गरेका प्राध्यापक, सहप्रध्यापकहरुलाई अन्य सरकारी तथा गैर सरकारी क्षेत्रमा काजमा खटाउने गरिएको छ तर डा. ज्ञवालीको जस्तो काम एकातिर, तलब अर्कैतिर लिने गरी भने अहिलेसम्म कसैलाई काममा नखटाइएको एकजना पूर्व प्राध्यापकले बताए । यसरी काम नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा गर्ने तर तलबभत्ता भने चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट लिँदा क्याम्पसले दोहोरो खर्च गर्नुपर्ने बाध्यता परेको देखिन्छ । क्याक्पसमा जिम्मेवारी बहन गर्ने सह–प्राध्यापक डा. ज्ञवालीको जिम्मेवारीमा अर्को व्यक्ति राख्नै पर्ने अवस्था छ। त्यसका लागि तलबभत्ता मिलाउनेदेखि डा. ज्ञवालीलाई पनि त्यहीँबाट तलबभत्ता दिँदा क्याम्पस प्रशासनमा पनि समस्या हुने देखिन्छ। अर्कोतर्फ विद्यार्थीहरुले तिरेको शुल्कमा प्रशासकहरुले मनपरि गरेको देखिन्छ ।

No description available.

वि.स. २०७६ मा नेकपा एमालेले सरकार सञ्चालन गर्दा भानुभक्त ढकाल स्वास्थ्य मन्त्री थिए । त्यतिबेलै नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा सदस्य सचिव नियुक्त भएका डा. ज्ञवाली त्यसभन्दा अघि चिकित्सा शास्त्र अध्ययन संस्थान महारागजञ्जमा सह–प्रध्यापकको रुपमा कार्यरत थिए । उनले अहिले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवको रुपमा काम गरिरहेका छन् । उनलाई चार वर्षको लागि नियुक्ति तत्कालीन मन्त्रीपरिषद्ले दिएको हो । डा. ज्ञवाली नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य सचिव भए पनि उनले तलब भत्ता भने चिकित्सा शास्त्र अध्ययन संस्थान महारागजञ्जबाट लिइरहेका छन् । अचम्म त के छ भने उनी आफूले महाराजगञ्जको क्याम्पसको पनि जिम्मेवारी पूरा गरिरहेको दाबी गर्छन । सह–प्राध्यापक रहेका डा. ज्ञवालीले चिकित्सा शिक्षामा अध्यापन चाहिँ कतिबेला गर्छन होला भन्ने सबैलाई जिज्ञासा लागेको छ ।

एमाले निकट मानिएका उनी एमालेको सरकारमा नेताहरुसँगको निकट सम्बन्ध भएकै कारण आफ्नो प्रमोशनको लागि दुवै तिरको जागिर सुनिश्चित गर्न ‘पावर’ लगाएर म्यानेटमेन्ट गर्न सफल भएको देखिन्छ । तत्कालीन स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले डा. ज्ञवालीलाई २०७६ चैत ३ गते सचिवस्तरिय निर्णयबाट महाराजगञ्ज क्याम्पसबाटै तलब सुविधा पाउने गरी नेपाल स्वास्थ्य अनुसन्धान षरिषद्मा नियुक्ति गरेको देखिन्छ । त्यतिबेला स्वास्थ्य सचिव खगराज बराल रहेका थिए । स्वास्थ्य मन्त्रालयको त्यतिबेलाको पत्रमा डा. ज्ञवालीकै चाहनाअनुसार महाराजगञ्जको कलेजबाट उनलाई पारिश्रमिक बुझ्ने गरी त्रिविलाई बोधार्थ राखेर सहमति दिएको पत्र काटेको देखिन्छ । डा. ज्ञवालीलाई २०७६ माघ २७ गते मन्त्रीपरिषद्ले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव नियुक्त गरेको थियो । तत्कालीन त्रिविसभा तथा कार्यकारी परिषद्को सचिवालयले पनि महाराजगञ्जको क्याम्पसबाटै तलबभत्ता उपलब्ध गराउने गरी निर्णय गरेको देखिन्छ ।

डा. ज्ञवालीले सदस्य सचिवको रुपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा काम गर्दा त्यहाँबाट किन पारिश्रमिक लिएनन् र किन महाराजगञ्जकै मेडिकल कलेजबाट पारिश्रमिक तथा भत्ता लिए भन्ने प्रश्न उब्जिएको छ । यो प्रश्न तत्कालीन चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा. जगदिश अग्रवालले पनि उठाएको देखिन्छ । डा. अग्रवालले जहाँ काजमा खटाइएको छ, त्यहीँबाट तलब सुविधा दिने व्यवस्था गर्दा उपयुक्त हुने आशयको राय समेत दिएको देखिन्छ । तर डा. ज्ञवालीले अहिले पनि महाराजगञ्ज क्याम्पसबाटै मासिक तलब र आकर्षक भत्ता बुझ्दै आएको भेटियो ।No description available.

महाराजगञ्ज क्याम्पस स्रोतले त्रिवि कार्यकारी परिषद्को सचिवालयले पनि उनलाई महाराजगञ्जबाटै तलबभत्ता दिनु भन्ने निर्देशन दिएकाले महाराजगञ्जबाटै तलबभत्ता दिइएको जनाएको छ । महाराजगञ्जका क्याम्पस प्रमुख डा. अर्जुनप्रसाद लामिछानेले बिहान बेलुका हाजिर भएको बायोमेट्रीका आधारमा पारिश्रमिक तथा भत्ता क्याम्पसबाटै दिइएको बताए । ‘माथिबाट तलबभत्ता खुवाउनु भन्ने निर्देशन छ । उहाँको हाजिरी आउँछ । म (तलबभत्ता) खुवाइदिन्छु’, अनलाइनपानको ‘डा. ज्ञवालीले क्याम्पसमा पढाउनु भएर तलबभत्ता दिनुभएको हो ?’ भन्ने प्रश्नमा क्याम्पस प्रमुख डा. लामिछानेले भने, ‘उहाँ डिपार्टमेन्ट आउँछु भन्नुहुन्छ । डिपार्टमेन्टबाट मलाई केही कम्प्लेन आएको छैन । मेरो सबै डिपार्टमेन्टसँग छलपल कुराकानी भएको हुँदैन । कहिलेकाहीँ उहाँ आएको देख्छु ।’ डा. ज्ञवालीले हाजिरी भने बिहान र बेलुका गरेको विवरण पेश गरेर तलबभत्ता बुझेका छन् । उनले टिचिङमा हाजिरी गर्ने गरेका छन् । र काम भने स्वास्थ्य अनुसन्धान परिषद्मा गर्ने गरेका छन् । यो बेथिति निम्त्याउने काम भने स्वास्थ्य मन्त्रालय र त्रिवि कार्यकारी परिषद्ले गरेको देखिन्छ । यो विषयमा बुझ्न खोज्दा डा. ज्ञवालीले भोलि मात्रै कुराकानीका लागि समय मिल्ने बताए ।

प्रकाशित मिति : असार २०, २०८० बुधबार  ८ : ५६ बजे

7.839k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।