Logo
भिडियो

बिदेशी भूमिबाट नेपाली साँगीतिक क्षेत्रमा सागरको फड्को, गायनदेखि निर्देशनसम्म


नेपाली साँगीतिक क्षेत्रमा जम्ने सोच बोकेर लागि परेका सागर डिबी लामाले स्वदेशी माटोमै रहेर त आफ्नो रहर पुरा गर्न सकेनन् । तर बिदेशी भूमिमा पुगेपनि उनको रहर अधुरो हुन चाहीँ पाएन ।

बैदेशिक रोजगारीको शिलशिलामा एक दशक भन्दा बढी समयदेखि खाडी मुलुक मलेशियामा रहेका सागर सुमधुर स्वरका धनी मानिन्छन् । आफैं छायाँकन तथा भिडियो निर्देशन गर्ने क्षमता समेत भएका उनी आफैं मोडलिङ समेत गर्छन् ।

सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको वडा नं. १ अन्तर्गत छरछरे जन्मस्थान भएका सागर लोकदोहोरी तथा सेलो गीत समेत गाउँन माहिर छन् । रोदनी, चोट, जाउँ हिड मैच्याङ लगायतका गीतहरुमा स्वर दिई सकेका सागरले पछिल्लो समय भने मायाको सागर बोलको गीतको भिडियो बनाउँने तयारी थालेका छन् ।

आफ्नै नामबाट सागर डिबी लामा अफिसियल च्यानल नामको युट्युव च्यानल खोलेका सागरले मायाको सागर बोलको गीतको अडियो भने उक्त च्यानलमा अपलोड गरेका छन् । उक्त गीतमा केरिया बुढाथोकीको शब्द रहेको छ भने बिन्दु बि.सी.सँग स्वर दिएका सागरले नै लय भरेका छन् । 

पारिवारिक आर्थिक अवस्था नाजुक भएकोले बिदेशिनु परेको बताउँने सागरले पछिल्लो समयको लकडाउनले गर्दा अलिकति ओझेलिनु परेको बताए ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :