आज : २०७५ कात्तिक २८ गते बुधवार

nic-asia-onlinepana
Nepal Life ad – onlinepana.com

निर्मलाका हत्यारा पत्ता लगाउन नसकेर आलोचित कञ्चनपुर प्रहरीले ग-यो सराहनीय काम

अनलाइनपाना संवाददाता २०७५ भदौ २९ गते शुक्रवार काठमाडौं

कञ्चनपुर पुनर्वास नगरपालिका–५ का बेलुदेवी बिष्टका नौ महिने छोरी सरस्वतीलाई चोरीएको सात घण्टापछि प्रहरीले फेला पारेको छ ।

सोही नगरपालिका–८ ‘क’ गाँउमा तीज मनाउन माईती आएका बेला आमासँगै राति सुतेकी सरस्वतीलाई अज्ञात महिलाले मध्यराति १ बजेको समयमा चोरेर लगेका हुन् ।

शिशु चोरी भएको खबर पाउनासाथ स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीय बासिन्दाले खोजतलास गर्दा आज बिहान ७ बजे माईती घरभन्दा डेढ किलोमिटर टाढा धान खेतमा रुँदै गरेको अवस्थामा बालिका फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

‘नगरपालिकाका नगर प्रमुख जीवन थापासहितको उपस्थितिमा शिशुलाई उहाँका आफन्तकोमा जिम्मा लगाएका छौं’, उनले भने ।

शिशुको शरीरमा स–साना फोका देखा परेपछि उपचारका लागि उनलाई सेती अञ्चल अस्पतालमा पठाइएको र त्यहाँबाट शिशुलाई बाल कान्ती अस्पताल काठमाडौँमा लग्ने कुरा बुझिएको प्रहरी उपरीक्षक कडायतले बताए ।शिशु चोरी गर्नेको खोजतलास जारी रहेको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस्

Loading...

सम्बन्धित शीर्षकहरु