नेपालमा जबजब आयातमा समस्या पर्छ तब आत्मनिर्भरताको बहस शुरु हुन्छ । भारतले अघोषित नाकाबन्दी लगाउँदा होस् वा कोरोना भाइरस ९कोभिड–१९० का कारण खाद्यान्न लगायत तरकारीको अभाव हुँदा आत्मनिर्भरताको कुरा उठ्ने गरेको छ । नेपाल कृषिप्रदान देश भएपनि कृषिजन्य पदार्थको आयातका लागि ठूलो आर्थिक हिस्सा देशबाट बाहिरिने गरेको छ ।
प्रशस्त खेतियोग्य जमिन भएर पनि तरकारी, फलफुलको अभाव देखिदैँ आएको छ । यता, कृषकहरुको तरकारीले बजार नपाउँदा खेतमै तरकारी कुहिएको समाचारहरु पनि आएको छ । देश संघीयतामा गएसँगै जनता र सरकारबिचको सम्बन्ध नजिकिने विश्वास गरेपनि नागरिकले त्यस्को अनुभुति गर्न पाएका छैनन् ।
लकडाउनले गर्दा अधिकांश ठाउँमा तरकारी लगायत अत्यावश्यक सामाग्रीको अभाव देखिएको छ । हामी सक्षम भएपनि श्रोत र साधनको परिचालन नहुँदा अभाव खड्किरहेको छ ।
स्थानिय तहमा आत्मनिर्भरतालाई बढावा दिन नसक्दा आयातीत सामाग्रीमा निर्भर हुनुपर्ने बाध्यता छ । तसर्थ, श्रोत र साधनको उपयोग गर्नतर्फ स्थानिय सरकार बढि केन्द्रीत हुनुपर्ने देखिन्छ । त्यसैगरि, उत्पादित वस्तुलाई बजारको व्यवस्था गरि कृषक लगायत स्वदेशमै केहि गर्न चाहानेलाई प्रोत्साहन गर्न सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।
अतः हामीले समस्या परेका बेलामात्र आत्मनिर्भरताको कुरा गर्ने भन्दा पनि समस्या सुल्झिएपछि पनि आगामी दिनमा त्यस्ता समस्या आउन नदिन काम गर्न आवश्यक छ ।
प्रतिक्रिया