Logo

राजनीति

यस्ता सर्त पुरा गरे जसपाले प्रचण्ड-नेपाल समूहलाई साथ दिने



नयाँ सरकार निर्माणको समिकरणका लागी दलहरु रस्साकस्सीमा लागिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूह बढी सक्रिय देखिएको छ । उक्त समूहले आज जनता समाजवादी पार्टीका नेताहरुसँग सोही क्रममा छलफल गरेको छ । 

नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा भएको भेटमा जसपाका अध्यक्ष महन्त ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी समित सदस्य राजेन्द्र श्रेष्ठ सहभागी थिए भने नेकपाबाट अध्यक्षद्वय पूष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी थिए ।

पेरिसडाँडा श्रोतका अनुसार जसपा उक्त समूहसँग मिलेर सरकारमा सहभागी हुन सकारात्मक देखिएको छ । संबिधान संशोधन, रेशम चौधरी लगायतका नेता कार्यकर्ताहरु विरुद्धको मुद्धा फिर्ता र रिहाई लगायत बिगतका सम्झौता कार्यान्वयन लगायतका सर्त पुरा गर्न तयार भए सत्ता समिकरण गर्न सकिने सर्त नेताहरुले राखेका छन् । 

बिगतमा पनि सम्झौता गरिएको तर कार्यान्वयन नभएकोले अब उधारो सहमति नगर्ने अडान जसपा नेताहरुले राखेको बुझिएको छ । आजको छलफल सकारात्मक भएको र छलफललाई थप निरन्तरता दिने सहमति आजको छलफलमा भएको छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार  १२ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।