Logo

कर्पोरेट फोकस

सेयर बजारमा भारी गिरावट



साताको अन्तिम कारोबार दिन (बिहिबार) नेप्से परिसूचकमा भारी गिरावट आएको छ । बजार ४४.९४ अंकले घट्दा कारोबार पनि अन्य दिनको तुलनामा न्यून भएको छ । ६ अर्ब ९ करोड बढीको सेयर खरिद बिक्री भएको छ । बजार २५५४.१३ विन्दुमा अडिएको छ । कारोबारमा आएका सबै समूह ओरालो लागेको छ । जीवन वीमातर्फ सबैभन्दा बढी गिरावट छ ।

घटेको बजारमा सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । बैंकको आज ९० करोड ३५ लाख बराबरको सेयर कारोबार भएको हो । आज यसको सेयर मूल्य भने ५ सय ४३ रुपैयाँ रहेको छ । दोस्रो बढी कारोबार हुनेमा नबिल बैंक रहेको छ । आज सबैभन्दा बढी चन्द्रागिरी हिल्सको ९.९१ प्रतिशतले सेयर मूल्यमा बृद्धि भएको छ । 

 

 

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार  ३ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।