केपी ओलीसँग एकता हुन सक्छ : प्रचण्ड

केपी ओलीसँग एकता हुन सक्छ : प्रचण्ड

  • 6.1K
    SHARES

  • केपी ओलीसँग एकता हुन सक्छ : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’प्रधानमन्त्री ओलीसँग एकता हुनसक्ने बताएका छन् ।

    तर, विचारमा एकता भएपछि मात्र पार्टी एकता हुने अडानमा प्रचण्ड छन् । शनिबार ललितपुरको जावलाखेलमा आयोजित दाहाल–नेपाल निकट शिक्षकहरूको राष्ट्रिय भेलामा दाहालले पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको भन्दै विचारमा एकता भएपछि मात्रै ओलीसँग एकता हुने बताएका हुन् ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग फेरि सहमति व्यक्तिगत रुपले नभई विचारगत रुपले हेर्नु पर्ने दाहालको भनाइ छ । आफूहरुको विचारमा एकता भए मात्र फेरि एकता हुन सक्ने उनले बताएका छन् ।

    फागुन २२ वा २३ गते संसद बैठक बोलाउने सरकारको तयारी

    सरकारले यही फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले फागुन २४ गतेभित्र बैठक बालाइसक्नुपर्ने आदेश जारी गरेपछि फागुन २२ वा २३ बैठकका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार लागेको छ ।

    प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई फागुन २२ वा २३ गते संसद बैठक बोलाउन लागिएको जानकारी दिएका बताइएको छ । संसद बैठकमा विपक्षीहरुको भूमिका हेरेर थप रणनीति तयार गर्ने ओलीको तयारी रहेको बुझिएको छ ।

    शनिवार, फाल्गुण १५ २०७७०४:५६:३६

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै