कोरोना अपडेट : २४ घण्टामा थप ८१ जनामा संक्रमण, दुईको मृत्यु

कोरोना अपडेट : २४ घण्टामा थप ८१ जनामा संक्रमण, दुईको मृत्यु

  • 505
    SHARES

  • कोरोना अपडेट : २४ घण्टामा थप ८१ जनामा संक्रमण, दुईको मृत्यु

    पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा २८२४ मा गरिएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घन्टामा थप ४८ जना निको भएर फर्किएका छन् । नेपालमा हालसम्म दुई लाख ७० हजार ३२५ कोरोनाबाट निको भएका छन् ।

    images

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ७ सय ७३ पुगेको छ ।

     

    शनिवार, फाल्गुण १५ २०७७०५:०२:०१

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै