क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण सार्वजनिक गर्न रैथानेको माग

क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण सार्वजनिक गर्न रैथानेको माग

  • 2.6K
    SHARES

  • क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण सार्वजनिक गर्न रैथानेको माग

    रैथाने एकता परिषद्ले अख्तियार दरुपयोग अनुसन्धान आयोगसँग तत्कालिन माओवादी लडाकुको नाममा भएको व्यापक अनियमितता (क्यान्टोनमेन्ट) र ललिता निवास जग्गा प्रकरण काण्डमा छानवीन सार्वजनिक गर्न माग गरेको छ ।

    बिराटनगरमा शनिबार रैथाने एकता परिषद् प्रदेश नं. १ कमिटीले आयोजना गरेको अन्तर्क्रिया  कार्यक्रममा परिषद्का संयोजक सन्तोष बराइलीले उक्त माग गरेका हुन। 

    images

    संयोजक बराइलीले रैथाने समुदायका प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त नियुक्त गरिएकोमा सरकारको प्रशंसा गर्दै प्रमुख आयुक्त राईले क्यान्टोनमेन्ट तथा ललिता निवास जग्गा प्रकरणको छानवीन अघि बढाउनेमा देशका समग्र रैथाने समुदाय आशावादी भएको बताए।

    उनले भने, ‘अख्तियार प्रमुख आयुक्त राईले क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण लगायत ठूला अनियमितता छानवीन गरेर प्रमुख आयुक्त राईले देशका समग्र रैथाने समुदायको स्वाभिमान उचो बनाउनेमा हामी आशावादी छौँ।’

    कार्यक्रममा रैथाने युवालाई राजनीतिक रुपमा सचेत रहन आग्रह गरिएको थियो। रैथाने एकता परिषद् पाँच वर्षअघि सिरहाको लहानमा स्थापना गरिएको थियो। प्रिषद्ले रैथानेहरूको हक–अधिकारको लागि आवाज उठाउँदै आइरहेको छ। 

    रैथाने एकता परिषद्का प्रदेश नं. १ का अध्यक्ष दिपेन्द्र सिंह दनुवार, महासचिव अमरेन्द्र सिंह दनुवार, आदिवासी जनजाति महासंघ मोरङका उपाध्यक्ष नरेश कुमार सिंह दनुवार लगायतले रैथाने समुदायको हकअधिकार बारे राज्य सबेंदनशील बन्नुपर्ने बताएका थिए । यस्तै कार्यक्रममा संघीयता खर्चिलो भएको हुनाले खारेज गर्न पनि सरकार समक्ष माग गरेको छ।

    शनिवार, फाल्गुण १५ २०७७०६:०५:२६

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै