शनिवार, फाल्गुण १५ २०७७
काठमाडौँ
पत्रकार संकेत कोइराला अनलाइनपाना डट कमको सम्पादकमा नियुक्त भएका छन् । चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रा.लिद्वारा ६ वर्षदेखि संचालनमा रहेको अनलाइनमा कोइरालालाई नियुक्त गरिएको हो ।
कोइराला अढाइ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । कोइरालाले विमर्श साप्ताहिकको सह प्रकाशन विमोचन, इमेज टेलिभिजन, सगरमाथा टेलिभिजन र हिमालय टेलिभिजनमा सम्पादकका रुपमा काम गरिसकेका छन् ।
सम्पादक कोइरालालाई स्वागत गर्दै संस्थाका अध्यक्ष नारायणप्रसाद अधिकारीले कोइरालाको नेतृत्वमा अघि बढ्न पाउँदा खुशी लागेको बताए । स्थापनाको छोटो समयमै भिन्न परिचय बनाउन सफल अनलाइपाना व्यवसायिक धर्मबाट पछि नहट्ने उनले बताए ।
सम्पादक कोइरालाले संस्थाको छवि उँचो राख्दै जनतालाई सुसूचित गर्न कोही कसैसंग सम्झौता नगर्ने धारणा राखे ।